सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व नगर प्रमुख अमानसिं तामाङले नेकपा माओवादी केन्द्र परित्याग गर्नु भएको छ । लामो समय सम्म माओबादीमा रहेर काम गर्नु भएको तामाङ्गले यस अघी २०७४को निर्बाचनमा माअेबादी केन्द्र बाट चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुख पदमा अत्याधिक मत ल्याएर बिजय बन्नु भइ नगर प्रमुखको जिम्मेवारी बहन गर्नु भएको थियो
। उँहाको कार्यकालमा नगर पालिकाकमा कुनै पनी पक्षपात नभएको र वास्तविक नगर अभिभावकको भुमिका निर्वाह गरेको नगरबासीको भनाइ रहेको छ । नगरले माओबादीकै तर्फबाट कृष्ण प्रसाद सापकोटालाइ नगर प्रमुखमा निर्वाचित गरे पनी निर्वाचित हुने बित्तीक्के गरेका कार्यहरु बिबादीत भएको समाचार समेत बाहीर आएको अबस्थामा तामाङ्गले पाटी छाडेको घोषणा गर्नु भएको हो । पुर्ब नगर प्रमुख तामाङ्गले पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको आरोप देखाउँदै माओवादी केन्द्र परित्याग गरेका बताउँनु भएको छ ।माओवादी व्यक्तिवाद र स्वार्थ केन्दित भएको आरोप लागाउँदै पूर्वमेयर तामाङ लगाएत पुर्ब वडाअध्यक्षहरु तथा माओबादीका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । तामाङ्ग दलबल सहीत सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत एमाले प्रवेश गराउने कार्यक्रम रहेको ले उँहाहरु कठमाण्डौ जानु भएको हो । पुर्ब नगर प्रमुख तामाङ्गले गित गाँउदै सामाजिक सञ्जाल मार्फत बेदना पोखको भोली पल्टै पाटी छोडेको घोषणा गर्दे एमालेमा प्रबेश गर्ने निर्णय गर्नु भएको समाचारप्राप्त भएको हो। यस सम्बन्धमा तामाङ्गले आफु मात्र होइन सबै कार्यकर्तालाइ न्यायोचित ढङ्गले व्यवहार नगरेकै कारण दुखीत हँदै पाटी परित्याग गर्नु परेको बताउँनु भयो । 
उँहा
ले आफु एमालेमा प्रबेश गरे पछी पनी आफु सँगै एमालेमा जानेहरुको लागी न्यायोचित ढङ्गबाट उचित सम्मान जनक ढङ्गले व्वयहार गर्ने बताउँनाु भयो ।
