सम्पर्क

सिन्धु १मा बस्नेत हुनु पर्ने कार्यकर्ताको माग

आगामी मंसीर ४ गते हुने प्रतिनिधी सभमा गठबन्धनको तर्फबाट उम्मेद्धार कसलाइ बनाउँने भन्ने टुङ्गो लागी सकेको अबस्था छैन । मंसिर ४ गते हुने संसदीय निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी पनि बढेको छ । राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत कार्यक्रमहरु बढाएका छन् । दलहरुका सम्भावित उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा पुग्नेक्रम जारी छ । हरेक राजनीतिक दलका नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा दाबी प्रस्तुत गर्न थालिसकेका छन् ।यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस सहितको पाँच दलीय गठबन्धन र नेकपा एमालेको साना दलहरुसहितको गठबन्धन बीच चुनावी प्रतिष्पर्धा हुने लगभग पक्का जस्तै छ । पाँच दलीय गठबन्धनले सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल बनाएर काम शुरु गरिसकेको छ । सिटको बाँडफाँटको मोडालिटी जस्तोसुकै बने पनि गठबन्धनका कारण धेरै जना उम्मेदवारका आकांक्षीहरुले टिकट नपाउने पनि पक्का पक्की जस्तै छ ।े सिन्धुपाल्चोक जिल्लामा पनी यस्तै सकस छ । लामो समय समम क्षेत्र नं १मा राजिनीती गर्दै आउँनु भएका मोहन बहादुर बस्नेत र अग्नी प्रसाद सापकोटा मध्य कसलाइ दिने भन्ने बारेमा टुङ्गो लाग्न सकेको छैन क्षेत्र नम्बर १ सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको क्षेत्र हो । २०७४ सालको हारको बदला लिन कांग्रेसका नेता बस्नेत पूर्ण तयारीका साथ आफ्नो क्षेत्रमा सक्रिय भएरलाग्नु भएको छ । यसको फलस्वरुप गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी भन्दा कांग्रेस निकै बलियो देखिएको छ । कांग्रेस ३४ हजार ७६१, एमाले २७ हजार ५९, माओवादी १९ हजार ३४४, एस २ हजार ३११ र राप्रपाको १ हजार २३९ मत रहेको छ। स्थानीय तहको निर्वाचनको मतका आधारलाई हेर्दा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमाले ३१ हजार ७७६, कांग्रेस २९ हजार ३०२, माओवादी १६ हजार ७९, राप्रपा ५ हजार ९३२, एसको १ हजार ६६३ मत रहेको छ । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं.१ मा स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ।स्थानीय तहको निर्वाचनमा ७ ओटा पालिका मध्ये कांग्रेसले बाह्रबिसे नगरपालिका तथा भोटेकोशि र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख÷ उपप्रमुख सहित बहुमत,जुगल,बलेफी र सुनकोसी ३ वटा गाउँ पालिकामा उपाध्यक्ष सहित बहुमत र लिसंखुपाखर गाउँ पालिकामा ६ मध्य ३ वटा वडा जितेर केहि मतले मात्र पछाडी परेको हो । क्षेत्र भित्रको ५४ वडा मध्य ३२ वडा कांग्रेसले जितेको छ । यसरी अत्याधिक मत लयाँउनमा नेता बस्नेतको सक्रीयता नै मुख्य श्रोत भएको नेपालि काँग्रेस १ नं क्षेत्रका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले बताउँनु भयो । उँहाका अनुसार पाटीको निर्णयलाइ आफ्ले मानेर निती निर्देशनको पालना गर्ने हो तर लोकप्रिय नेतालाइ पाटीले स्थान नदीदा पाटीका कार्यकर्तामा असन्तुष्ट उत्पन्न भइ कार्यकर्ता को मनोबल गिर्ने भएकाले नेर्तत्वतहले कार्यकर्ताको भावना अनुसार काम गर्ने बिश्वास लिएको बताउँनु भयो ।समग्रमा हेर्दा १ क्षेत्रमा मोहन बहादुर बस्नेतको बर्चस्व रहेकाले पनी बस्नेतले बिद्रोह गरेर भए पनी चुनाव लड्ने सङ्केत दिइ सक्नु भएको छ । यो अबस्था,स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली काङ्ग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्बाचित हुने पुष्टि भैसकेको नेपाली काङ्ग्रेसका सभापति तथा शिर्ष नेतृत्व,केन्द्रीय समिति र कार्यदललाइ समयमै गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु क्षेत्रीय सभापती बस्नेतले बताउँनु भयो ।