सम्पर्क

शिक्षाको बिकास भए मात्र अरु को बिकास हुने.नगर प्रमुख बस्नेत

सिन्धु पाल्चोक जिल्ला स्थित बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले शिक्षाको बिकास भए मात्र अरु को बिकास हुने बताउँनु भएको छ । जिल्लाको बाह्र्बिसे नगरपालिका वडा न ४मा रहेको शारदा माध्यमिक विद्यालयमा आयोजित शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उाहाले यस्तो बताउँनु भएको हो । शिक्षामा भएको लगानी खेर जान नदीन सबै लागी पर्नु पर्ने बताउँदै बस्नेतले बिद्यालयमा शैषिक सामाग्री दिएर सहयोग गर्ने सहयोगी हातहरुलाइ बिशेष धन्यबाद दिनु भयो । उँहाले दातृनिकायको काम अनुकरणीय भएको र आफ्नो कार्यकालमा नगरले शिक्षा क्षेत्रमा दिनुपर्ने सबै सुविधा र काम–कारबाही सुरु भइसकेको बताउँनु भयो । प्राज्ञीय बिध्यालय परिषद् द्वारा आयोजित शैक्षिक सामाग्री हस्तानन्तरण कार्यक्रममा बोल्दै बस्नेतले(कक्षा १२ सम्म निशुल्क शिक्षा र ८ सम्म दिवा खाजाको व्यवस्था) रहेको जानकारी दिनुभयो । परिषदले प्रति बिध्यार्थी १थान ल्यापटप ब्याग ,१ थान क्याप ,१थान चबउष्म भ्लनष्किज दययप ,५थान अभ्यास पुस्तिका प्रदान गरिएको छ भने , विज्ञान तथा कक्षा १० को लागि इन्स्ट्रमेन्ट बक्स र बिध्यालयको प्रयोजनको लागि ५ थान शब्दकोश हस्तान्तरण गरिएको संस्थाका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिनुभयो। बिध्यालयको प्राचार्य निल प्रसाद सुवेदी प्राज्ञीय बिध्यालय परिषद्लाइ धन्यवाद ब्यक्त गर्दै सो कार्यले बिध्यालय र बिध्यार्थी दुबैलाइ सकरात्मक प्रभाव पर्ने जानकारी दिनुभयो। मेयर बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा प्राज्ञीय बिध्यालय परिषद् द्वारा शैक्षिक सामाग्री वितरण गरिएको हो ।