हिजो राती देखी परिरहेको अबीरल बर्षका कारण जनजिवन प्रभावीत भएकोछ । ठाँउठाँउमा पहीरो जाने क्रम बढेको छ भने खोलामा बाढी आइरहेको छ । यस अबस्थामा सतर्कता अपनाउँन मौसम बिदले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले जिल्लाका केही भागमा पहीरो गएको र जल तथा मौसम विभागका अनुसार यो वर्षा आज दिउँसो करिब ३सम्म रहने र तत पश्चात मौसम क्रमशः सफा हुने भएको हुँदा आवश्यक सतर्कता अपनाउनु अनरोध भएको जानकारी गराउँदै सतर्कता रहन हुन सबैमा अनुरोध गर्नु भएको छ ।बर्षातका कारण जमिन गली सकेको हुनाले पहिरो जाने सम्भावन बढी हुन्छ त्यसैले सबै चनाखो हुन जरुरी रहेको खनालले बताउँनु भयो । मेलम्ची नदीमा बाढी आएको छ । तालामाराङ्मा सडक अबरुद्ध छ । तिपेनीमा सडकको डिल झरेर साँधुरो भएको छ । अन्यत्र पनि धेरै ठाउँमा प्रभाव परेको छ । बर्षातका कारण जमिन गली सकेको हुनाले पहिरो जाने सम्भावन बढी हुन्छ । मेलम्ची नदीमा बाढी आएको छ । तालामाराङ्मा सडक अबरुद्ध छ ।
तिपेनीमा सडकको डिल झरेर साँधुरो भएको छ । अन्यत्र पनि धेरै ठाउँमा प्रभाव परेको बताउँदै जनधनको क्षती हुन नदीन प्रशासन पनी सतर्कताका साथ लागीरहेको समेत जानकारी दिनु भएको छ ।यसै बिचअविरल वर्षको कारण खहरे खोल्सा बढ्न थालेपछि नदिको बहाव बढेर आउने क्रम बढे पछी मेलम्ची खोलाले उग्र रुप लिएको छ ।
मेलम्ची हेलम्वु राजमार्गमा प्रत्येक्ष असर पुगेको छ। पैदल यात्रा समेत कष्टकर बनेको छ।सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएको छ । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ। मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले उक्त क्षेत्र भई बहने स–साना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा पहिरो जान सक्ने भएकाले भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
