सम्पर्क

मेलम्ची नगरप्रमुख तामाङ्गद्धारा सतर्क रहन अनुरोध

हिजो राती देखिको अविरल वर्षाको कारण मेलम्ची नगरपालिका भित्रका विभिन्न वडामा पहिरोले सडक तथा वस्ती जोखिममा रहेको कारण नगर प्रमुख आइतमान तामाङ्ग आफै पहीरो बाढीको अबलोकन गर्दे नागरिकलाइ सचेत रहन अनुरोध गर्नु भएको छ।
मेलम्ची तथा इन्द्रवति नदिमा वहाब बढ्न गई मेलम्ची(हेलम्बु सडक खण्ड तथा मेलम्ची(पाँचपोखरी सडक खण्डमा क्षति पुगेको बताउँनु भयो ।जल तथा मौसम विभागसङ भएको फोन सम्पर्क अनुसार यो वर्षा दिउँसो करिब ३०० सम्म रहने र तत पश्चात् मौसम सफा हुने भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको जनजाउँदै तामाङ्गलेवर्षाको समयमा बाढी, पहिरोको जोखिम रहने भएको हुँदा सुरक्षित एवम् सतर्क रहन सम्पुर्ण नगरवासीहरुमा अनुरोध गर्नु भएको छ छ । यसका साथै अवरुद्द सडक मर्मतको काम यथाशीघ्र थालनी गरिने समेत जानकारी गराउँनु भएको छ ।