सम्पर्क

बुहारीको कुटपिटबाट ससूराको मृत्यु

सिन्धुपाल्चोकमा बुहारीको कुटपिटबाट ससुराको मृत्यु भएको छ । जिल्लाको हेलम्बु गाउँपालिका–१ गोवागाङ बस्ने ८०  वर्षको कामीढिण्डु लामाको मृत्यु भएको छ । आफ्नै बुहारी २३ वर्षको रीता तामाङको कुटाइबाट लामाको मृत्यु भएको हो । आईतबार करिव साझको समयतिर घरायसी वादविवाद क्रममा काठको चिर्पटले हानी गम्भीर घाइते बनाएको थियो । गम्भिर घाईते लामाको सोमबार विहान स्थानिय स्वास्थ्य चौकी खार्चुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चाेकले जनाएकाे छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो ।