सम्पर्क

ताङ्जो महाकाला धार्मिक तिर्थ स्थलको वार्षिक पुजाअसोज १३गते हुने

सिन्धुपाल्चोक (जिल्लाको लिसंखुपाखर गाउँपालिका (१ ठुलोधादिङमा अबस्थित अग्लो थुङगाङ डाँडामा रहेको ताङ्जो महाकाला धार्मिक तिर्थ स्थलको वार्षिक पुजा यहीँ असोज१३ गते बिहिवारको दिन हुने भएको छ । दसैको घटस्थापना औसींको दिन गएसँगै विशेष विधिपुर्वक तङ्जो महाकाल (तङ्चो–ला) को पुजा अर्चना गर्ने प्रचलन छ । सो पुजा गर्दा विहिबारको दिन नै पार्नु पर्ने परम्परागत धार्मिक मान्यता छ । धार्मिक मान्यता अनुसार यसपटकको तङजोला महाकाल विशेष पुजा कार्यक्रम असोज १३ गते गर्ने तय गरिएको तङजो महाकाल धार्मिक तीर्थस्थल संरक्षण समितिका अध्यक्ष तीर्थ लामा तामाङ्गले बताउँनु भएको सुनीता लामाले जानकारी दिनु भएको छ । उँहाका अनुसार अन्य दिन भन्दा वार्षिक पूजाको दिन भक्तजनहरुको धेरै भीड लाग्ने गर्दछ । आस्था, विश्वास र शक्तिका दृष्टिले धेरै शक्तिशाली मानिएको छ । तङ्जो महाकाल (तङ्चो–ला) को पूजा गरेमा मनले चिताएको पुरा हुन्छ भन्ने जनविश्वास छ ।तङजो महाकाल धार्मिक तीर्थल, चार जिल्लाको सीमाना जस्तैः सिन्धुपाल्चोक,रामेछाप, दोलखा र काभ्रेको संगम स्थलमा पर्छ । सो धार्मिक तीर्थस्थल, प्राकृतिक छटाहले भरिपूर्ण छ । सो तङ्जो महाकाल (तङ्चो–ला) को पूजा गर्न जाँदा म्राब्सोङघाल भएर जानुपर्ने भन्ने धार्मिक मान्यता छ । २०७४सालमा समिति गठन भएपछि निरन्तरता समितिको पहलमा बिकास गरिदै आएको छ।त्यसैगरी ठुलोधादिङ (१ का समाजसेवि तथा धार्मिक मान्यता ब्यक्तिह?ले पनि आ(आफ्नो ठाँउबाट यस् क्षेत्रमा थप केही बिकास गरिदैआएको अध्यक्ष लामाले बताए। समितिले भने झअब यस् धार्मिक क्षेत्रलाई बिकास गर्दै जाने बताएका छन।यस् धार्मिक तिर्थ स्थललाई संरक्षण र प्रबद्र्धन तथा विकसित गर्न ठुलोधादिङबासी ,वडा र पालिका सरकारले पनि ध्यानाकर्षण ञगर्नुपर्ने समितिले जनाएको छ।गएको पाँच वर्ष कार्यकाल स्थानीय सरकारले थोरै बजेट पहिलो चरणमा मात्र पहल गरिएता पनि वार्षिक बजेट उपलब्ध नगरिएकोमा समितिले आपत्ति जनाएको थियो।अबको कार्यकाल नेतृत्व गरिरहेका पालिका सरकारका अध्यक्ष राजुु लामा र वडा अध्यक्ष पसाङलाल तामाङले ताङ्जो महाकाला धार्मिक तिर्थ स्थल जस्तो पबित्र भएको ठाँउलाई बिकास गर्न ध्यानाकर्षण गर्नुपर्ने समितिले जानकारी दिएको छ।