सम्पर्क

खानापकाउँने ग्याँसबाट घाइतेको उपचारलाई  बस्नेतद्धारा चेक हस्तानन्तरण

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत द्धारा आगलागीबाट घाइते भएका हरुलाइ उपचार खर्च बापत नौलाख सहयोगको चेक हस्तानन्तरण गर्नु भएको छ । आईतबार बौद्ध स्थित एक चिया पसलमा खाना पकाउने ग्यास लिक भएर आगलागीमा परि सख्त घाइते भएका ९ जना लाई स्वास्थ्य उपचारको लागि भोटेकोसी गाउँपालिकाले सहयोग स्वरुप गरेको ९ लाख रुपैयाँ को चेक पिडीतलाइ हस्तानन्तरण गर्नु भएको हो । भोटेकोसी गाउँपालिका अध्यक्ष आदरणीय पासाङ नोर्बु शेर्पा र सोही गाउँपालिका अन्तरगत ५ नम्बर वडाका अध्यक्ष दावात्याम्बा लामा लगायत का समुहले साखु स्थित सुस्मा मेमोरियल हस्पिटलमा पुगि जनही १ लाखको दरले सहयोग गर्नुभएको हो । बौद्ध स्थित एक चिया पसलमा खाना पकाउने ग्यास बिस्फोट भएर आगलागीमा परि सख्त घाइते भोटेकोशी गाउँपालिका को ७ सहित ९ जना घाइते भएको समाचार पाउँन साथ नेता बस्नेत भेट्न जानु भएको थियो । घाइते निम पासाङ तामाङ ,नोर्के तामाङ ,सुनिल तामाङ ,कर्मा ,शोनाम शेर्पा ,वाङदि शेर्पा ,रेन्जिन शेर्पा ,ढाल बहादुर बिक,हेम माया श्रेष्ठलाई जनही रु१ लाखको दरले सहयोग गरिएको जनाइएको छ ।उपचारका लागी भोटेकोशि तातोपानी आमा समुहले पनि ५० हजार सहयोग गरिएको जानकारी प्राप्त भएको छ ।