सम्पर्क

सिन्धुबासीको विश्वास र भरोसालाई धोका नहुने सभामुखको भनाइ

चौतारा, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकले आफुलाइ राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाएको छ, सिन्धुबासीको विश्वास र भरोसालाई आफुबाट कुनै पनी हालतमा धोका नहुने बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्ला को सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्यापसको २२ औ बार्षिक उत्सवको उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । सो अवसरमा आवसरमा आयोजित कार्यक्रम लाइ समबोधन गर्दै सभामुख सापकोटाले भन्नुभयोे, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । यो पदमा पुर्याउँने मुख्य ढोका सिन्धुपाल्चोक भएको र चौतारा बहुमुखी क्याम्पस पनी त्यही ढोका भएको महशुस आफुले गरेको बताउँदै शिक्षा बिकासका लागी क्याम्पसको स्तर उन्नतीमा के गर्न सकिन्छ आफ्नो तर्फबाट गर्ने बताउँनु भयो ।उँहाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भएको र संसदले गती लिएको बताउनु हँदैे पुनःस्थापित सदनबाट नै विभिन्न विधयक पास हुदै समस्याको सामाधन निस्केको उल्लेख गर्नुभयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले हरेक मानीसलाइ उच्च ओहोदामा लाने, जिवनलाइ सफलताको शिखरमा पुर्याउाने मानविय बिकासका लागी शिक्षाको महत्वपुर्ण भुमिका हुने भएकाले यो भुमिका निर्वाह गर्न चौतारा क्यामपस सफल रहेको बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोक गढी नगरपालिकाका उप प्रमुख सिता थापाले चौतारा साँगाचोक गढी नगरपालिकाको मात्र नभइ जिल्लाकै पहचिान बोकेको क्याम्पसको भवनका साथै शिक्षा सिकाइ पनी स्तरियता रहेको आफुले महशुस गरेको बताउँनु भयो । जिल्ला सम्मन्वय इकाइका प्रमुख कृष्ण सुबेदीले जिल्लाको चौतारा क्याम्पसले आफ्नो कार्य क्षेत्रमा लगनसिलता देखाइ शिक्षा सिकाइ गरिरहेकोमा खुशी लागेको बताउँनु भयो । कार्यक्रममा जिल्ला सम्मन्वय समितकिा प्रमुख बालकृष्ण श्रेष्ठ,बागमती प्रदेस सभा सदस्य शरेस नेपाल ,नेपाल पत्रकार महासंघको तर्फबाट दिपक खत्री बिद्यार्थीको तर्फबाट प्रकाश नेपाल, अभिभावकको तर्फबाट नन्द लाल नेपाल,शिक्षकको तर्फबाट हरिकुमार श्रेष्ठ,नेपाली काग्रेसका टकं कार्की, नेकापा समाजबादीका सोम सापकोटा, नेकपा एमालेका खिल बहादुर श्रेष्ठ,पुर्ब माननिय कृष्ण राज श्रेष्ठ, लगायत का सहभागी बक्ताहरुले चौतारा बहुमुखि क्याम्पस जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गर्नु भएको थियो । सो क्याम्पसका प्राचार्य नगेन्द्र प्रसाद दंगालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लाईब्रेरी ब्यवस्थापन देखि अनुसन्धान मुलक कार्य र प्रयोगात्मक शिक्षामा जोड दिदै जाने उल्लेख गर्नुभयो ।२०५८ सालबाट सञ्चालन रहेको उक्त क्याम्पसले शिक्षा विषयको स्नातक तहको तिनवर्षे कार्यक्रम प्रारम्भ गरेको थियो । त्यस्तै विगत ५ वर्षअघि स्नातकोत्तर तहको अनुमति पाएको थियो भने तिन वर्षदेखि बहुप्राविधिक विद्यालयको सम्वन्धन प्राप्त भई कक्षा समेत सुरुवात भईसकेको छ । क्याम्पसमा भएको कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, अविभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो क्याम्पस सञ्चालक समितीका अध्यक्ष गम्भीर लाल श्रेष्ठको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन भने राजेन्द्र कुमार श्रेष्ठले गर्नु भएको थियो ।