अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको छ।काठमाण्डोै महानगरपालिकाले सार्बजनिक जग्गा अधिकरण गरि नक्सा नबनाइ बनेको घर टहरा भत्काउँन शुरु गरेको हो ।
काठमाण्डौ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा यसरी भत्काउँन शुरु गरिएको हो । यसरी डोजर लगाएर घर टहरा भत्काउँन शुरु गरे पछी धेरै नागरिकले महानगर प्रमुख बालेन्द्रको प्रशंसा गरेका छन । अघी अघी बालेन्द्र पछी पछी सुरक्षा कर्मी सहीत डोजर रहेको थियो। केही ब्यापारीले भने हामीले भोट दियौ हाम्रै कुरा नसुन्ने भन्दै बालेन्द्र सँग सडकमा कुरा गर्न खोज्दा महानगर सबैको साझा भएको र सबैलाइ बराबर कानुन लाग्ने बताउँदै कानुन बिपरित बनेका सबै घर टहरा भत्काउँने बताउँनु भयो । उँहाले कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ भन्नु भयो । बुधबार न्युरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुग्नु भएका महानगर प्रमुख साहले सबै अनधिकृत संरचना हटाउने स्पष्ट पार्नु भयो । महानगरको कदमले साना व्यापारीहरू मारमा परेका भन्ने व्यापारीहरूको गुनासोको जवाफमा उँहाले सबैलाई समान रूपमा कानुन लाग्ने बताउँदै नक्सा पास नगरी बनाएको पाइए काठमाडौं जिल्ला अदालतको समेत त्यस्ता संरचना भत्काउने भन्दैे, कानुन ‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने भन्ने हुँदैन, सबैलाई बराबर हुन्छ। भन्नु भयो । अवैध रूपमा बनाइएको भन्दै नगर प्रमुख साहले त्यसबापत क्षतिपूर्ति नदिइनेसमेत बताउँनु भयो ।
