सम्पर्क

सिन्धु काँग्रेस २को बैठक सम्पन्न पदाधिकारी मनोनयन

 

 

नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं २ को आज बसेको बैठकले क्षत्रीय पदाधिकारीहरुको मनोनयन गरेको छ । यसका साथै निर्बाचित पदाधिकारी हरुलाइ बधाइ धन्यबाद कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस २ नं क्षेत्रीय कार्यसमितिको शनीबार बसेको समिक्षा बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी निर्बाचनमा नेपाली काँग्रेसको उमेद्धारलाइ निर्वाचन जिताउँन सबै एक भएर लागी पर्ने समेत सहभागी नेताहरुले प्रतिबद्धता जनाएका छन । बैठकले बागमती प्रदेसका सभापती इन्द्र बानीयाको प्रमूख अतिथ्यतामा आगामी हप्ता समिक्षा तथा बधाइ एवम धनयबाद कार्यक्रम राखेको क्षेत्रीय सभापती आइतमान तामाङ्गले जानकारी दिनुभयो । बैठकले क्षेत्रीय कार्यसमिति को सदस्य समेत मनोनयन गरेको छ । जसमा जित बहादुर थिङ तामाङ ( मेलम्ची नपा–८)बुद्धिमान तामाङ (हेलम्बु गापा–४) निर बहादुर लोप्चन तामाङ (पाँचपोखरी थाङपाल गापा ) किरणदीप खडका (मेलम्ची नपा–९) दिपेन्द्र दंगाल इन्द्रावती गाउपालिका रहनु भएको छ भने आमन्त्रित सदस्यमा राम कृष्ण धिताल मेलम्ची १२ लाइ मनेनयन गरिएको छ । बैठकमा पुर्ब केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा, पुर्ब जिल्ला सभापती बिकाश लामा लगाएतका नेता तथा २ नं क्षेत्रीय कार्यसमितीका पदाधिकारी हरुको उपस्थिती रहेको थियो ।