सम्पर्क

भुकम्प स्मारक भृकुटी पार्कको अध्यक्ष नेपालद्धारा उद्घाटन

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको नवलपुर बजारमा भुकम्प स्मारक भृकुटी पार्क निर्माण भएको छ । नवनिर्मित उक्त भुकम्प स्मारक भृकुटी पार्कको इन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले एक समारोहका बिच उद्घाटन गर्नु भएको छ । शनिबार एक कार्यक्रमका बिच सो पार्कको उद्घाटन उद्घाटन गर्नु हुँदै अध्यक्ष नेपालले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाउनुका साथै यस गाँउपालिकाको मात्र नभएर सिन्धुपाल्चोककै इतिहासको संरक्षण हुने बताउँनु भयो । उँहाले यस्ता खालका इतीहाँस बोकेको स्थान र त्यँहाको सम्झनामा बनाइने भौतिक का कारण पछील्ला पुस्तालाइ समेत यतीहाँस कागजमा मात्र नभइ ब्यबहारमा समेत भएको देखीने बताउँनु भयो । यसको संरक्षण गर्नका लागी यहाँका बासिन्दा र गाउँपालिकालेसंरक्षण गर्न सबै लागि पर्नु पर्ने बताउनुभयो । हाल इन्द्रावती गाउँपालिका वडा ४ नवलपुरमा अवस्थित नकर्मी टोलमा ढुङ्गा थियो त्यँहा फलामको खानीरहेको र त्यहीबाट बिभिन्न औजार समेत गरेको बताइन्छ । त्यस ढुङ्गालाइ ढुङ्गा लाई च्यासल ढुङ्गा भनिने र प्राचिनकालमा फलामको उक्त ढुङ्गामा फलाममा औजारहरु बनाउने र त्यो औजारहरु तिब्बतमा पुग्ने गरेको इतिहासमा उल्लेख छ । सो अबशरमा इतिहासलाई स्थापित गर्न भुकम्प स्मारक पार्क निर्माण गरिएको इन्द्रावती गाउँपालिका वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले बताउनुभयो ।उक्त पार्क बागमती प्रदेस सरकारको सहयोगमा निर्माण भएको हो ।