सम्पर्क

सानोसिरुवारीमा तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

 

हिराहरि तेक्वान्दो डोजाङ ,सानोसिरुवारीमा जुनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका सुशान्त थापा , सृजल श्रेष्ठ , पहेलो पेटीका समर्पण थापा , मोहित घिमिरे , पहेँलो /हरियो पेटीका आयुशी श्रेष्ठ , हरियो पेटिका कुशल ढुङ्गाना, रफिका ढुङ्गेल, सुजन तामाङ , हरियो निलो पेटि तर्फ भने जुना तामाङले डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण हुन सफल भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि सिद्दिगणेश मा. वि. ब्यवस्थापन समितिका अध्यक्ष श्री रबिन गौतम र सभाअध्यक्ष श्री सिद्दिगणेश मा. वि. प्र. अ. राजकुमार यादव थियो । शिक्षक, अभिभावक, सिनियर खेलाडीहरु आयान श्रेष्ठ, प्रबिन घले, शिखर नारायण श्रेष्ठ, मनिष सापकोटा, अनमोल कार्की तथा खेलकुद प्रेमीहरुको बाक्लो उपस्थिति रहेको ग्रेडिङ हिराहरी तेक्वान्दो डोजाङका कालोपेटी दोस्रो डान मेनुका श्रेष्ठले लिनुभएको थियो ।

हिराहरी तेक्वान्दो डोजाङको संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले कार्यक्रम सन्चालन गर्नुभएको थियो । कार्यक्रमका सभाअध्यक्ष तथा विद्यालयका प्र . अ. यादबले खेलाडीहरुलाइ शुभकामना दिनुभएको थियोे । प्रमुख अतिथि तथा विद्यालयका अध्यक्ष गौतमले खेलाडीहरुको लागि महत्वपूर्ण भनाइ राख्दै ग्रेडीङ कार्यक्रम औपचारिक रुपमा समापन गर्नुभयो ।