
पृथ्वीजङ्गपाण्डे चौतारा नेपाल शिक्षक संघले आफ्नो नवौ जिल्ला अधिवेशन असोज १ र २ गते चौतरामा सम्पन्न गर्ने भएको छ।आज भएको नेपाल शिक्षक संघको जिल्ला कार्यसमितिको पुर्ण बैठकले सो निर्णय गरेको हो। विविध कारण ले सम्पन्न हुन नसकेको जिल्ला अधिवेशन को मिति तय गरेको हो।सिन्धुपाल्चोकमा संघको स्थानीय तहको अधिवेशन गत बर्षको पुस १७ गते सम्पन्न भएको थियो।गत बर्षको माघ १४र१५ जिल्ला अधिवेशन तोकिएकोमा कोरोना तथा स्थानीय निर्वाचन लगायतको कारण ले अधिवेशन हुन सकेको थिएन।तुलसी प्रसाद दङ्गाल को अध्यक्षता र जिल्ला सचीव ऋषिराम पौडेलको संचालनमा भएको पुर्ण बैठक द्वारा जिल्ला को सबै पालिकाले भाद्र २० सम्म सदस्यहरुका नवीकरण को कार्य सक्ने र जिल्ला उपाध्यक्ष शिवराम न्यौपाने को संयोजकत्वमा शिक्षक आवज नामक स्मारिका प्रकाशन गर्न समिति समेत बनाइएको छ।जिल्लामा शिक्षक संघ को स्थानीय स्तरमा गठन भएको स्थानीय कार्य समिति यस्तो रहेको छ।
भोटेकोसीमा कृष्ण प्रसाद तिमिल्सिना ,बार्हबिसेमा घनश्याम नेपाल ,त्रिपुरासुन्दरीमा तेजबहादुर बस्नेत,लिसङ्खुपाखरमा इन्दिरा मोक्तान, सुनकोसी गाउँ पालिकामा साङ्गदोर्जे लामा,बलेफीगापामा चन्द्र बहादुर तामाङ,जुगलमा पुष्प राज तिमिल्सिना ,चौतारासागाचोक गढीमा सबिन दङ्गाल,इन्द्रवतीगापामा सुरेश कृष्ण श्रेष्ठ ,मेलम्ची नगरपालिकामा ईश्वर चौलागाईं, पाँचपोखरीमा लक्ष्मी पौडेल चालिसे र हेलम्बु गाउँपालिकामा रमेश कोइराला को नेतृत्वमा स्थानीय समिति गठन भइ सकेको नेपाल शिक्षक संघका जिल्ला सचिव ऋषिराम पौडेलले बताए ।
जिल्लामा नेपाल शिक्षक संघकै कुमारप्रसाद खतिवडा को अध्यक्षतामा शिक्षक महासंघ समेत हालै गठन गरी शिक्षकहरुको हकहितका लागि काम गरिरहेको छ।
