सम्पर्क

फिमेल लिडरशिप एकेडेमी तालिम संचालन हुदै

विश्व समावेशी साहसी संस्थाको आयोजनामा सिन्धुपाल्चोकका महिला तथा किशोरीलाई लक्षित गर्दै फिमेल लिडरशिप एकेडेमी कार्यक्रम संचालन हुने भएको छ । २०७९ भाद्र १० गतेबाट संचालन हुने तालिम २०८० भाद्र १० गतेसम्म निःशुल्क शैक्षिक कक्षा र विभिन्न विषयमा तालिम संचालन हुने आयोजन विश्व समावेशी साहसी संस्थाले जनाएको छ । विशेषगरी कक्षा १२ मा अध्ययनरत तथा अध्ययन सकिएका १६ वर्ष पुगेका र ३० वर्ष ननाघेका महिला तथा किशोरीहरुलाई समावेश गरिने संस्थाका अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो । उक्त तालिममा सहभागि हुनेहरुलाई दुई वर्षसम्म कम्युटर, अंग्रेजी भाषा, वक्तृत्वकला ,आत्म सुरक्षा, नेतृत्व विकास संगै आफ्नो दृष्टिकोण ,योजना र लक्ष्य निर्धारण सम्बन्धी ज्ञानमा जोड दिईने गुरुङले बताउनुभयो । यो तालिम सिन्धुपाल्चोकको ४ माध्यमिक विद्यालयमा र काठमाडौको एक विद्यालयमा संचालनमा आउने छ । रत्नराज्य माध्यमिक विद्यालय चनौटे, क्षेत्रपालेश्वरी मा.वि तिपेनी, रत्न गंगा मा.वि चौतारा, इन्द्रेश्वरी मा.वि मेलम्ची र पासाङ ल्हामु फाउन्डेसन धुम्बाराहीमा संचालन हुने संस्थाका उपाध्यक्ष गौरी मल्लाकरले बताउनुभयो । प्रत्येक विद्यालयमा चालिस जनाको दरले सिन्धुपाल्चोकका दुई सय जना महिलाललाई यो तालिममा समावेश गर्ने संस्थाको योजना छ । सो संचालन गरीने कक्षाबाट औद्योगिक तथा उद्यमशीलता सम्बन्धी ज्ञान,वित्तीय साक्षरता, पर्यटन, आउटडोर नेतृत्व विकास देखि संजालिकरण लगायत विविध क्षेत्रमा सफलता प्राप्त गरिसकेका स्वदेशी तथा विदेशी उत्प्रेरकहरुबाट प्रेरणादायी कक्षा संचालन गर्ने संस्थाले लक्ष्य लिएको जनाएको छ ।