सम्पर्क

ब्रेकिङ न्युज १

खुला जिमशाला सञ्चालनमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ मा खुला जिमशाला सञ्चालनमा आएको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नगरबासीहरुलाई स्वस्थ र दीर्घजिवी बनाउने उदेश्यका साथ नगरपालिकाले खुला जिमशाला निर्माण गरेको बताउनुभयो । नगर प्रमुख सापकोटाले बढ्दो व्यस्तता र विलासिताका कारणले व्यायमबाट बञ्चित भएका नगरबासीलाई व्यायम गर्ने उत्प्रेणा जागृत हुने विश्वास व्यक्त समेत गर्नुभयो । स्वस्थ नागरिक नै नगरको खास सम्पिति भएको बताउँदै सापकोटाले जिमशालाको भरपुर उपयोग गर्दै स्वस्थ र तनदुरुस्त नागरिक बन्न उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, पूर्वमेयर अमानसिं तामाङ लगायत वक्ताहरुले व्यायमशालाको महत्व र औचित्यमाथि चर्चा गर्नुभएको थियो ।...

अवैद्य सिसौको काठ सहित ४ जना पक्राउ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक ईन्द्रावति गाँउपालिका वडा नं. १२ भेडिचौर चालेचार्पाबाट अवैध सिसौको काठ सहित चार जना पक्राउ परेका छन् । सिसौ जातको काठ अवैद्य रुपमा ओसारपसार भई रहेको भन्ने विशेष सूचना प्राप्त भई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न साईजका सिसौ काठको गोलिया ३० थान लोड भएको ना ६ त ३३३० नम्बरको ट्याक्टर सहित निम्न ४ जना मानिसहरुलाई फेला पारी चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईन्द्रावति गा.पा.१२ बस्ने वर्ष ५० को पार्वती दनुवार, सोही ठाउँ बस्ने वर्ष ६० को ठुली माया दनुवार, वर्ष ५० को सानुकान्छी दनुवार, वर्ष ३१ को कान्छामान दनुवार रहेका छन् । उनीहरुलाई आईतबार विहान ११ः३० बजेको समयमा पक्राउ गरेर आवश्यक कारवाहीको लागी आज डिभिजन वन कार्यालय चौतारामा बुझाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो ।...

आगोलागीमा परी वालकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बलेफी गा.पा.४ लप्से स्थित पशुपंक्षी फर्ममा आगलागि हुँदा एक बालकको मृत्यु भएको छ । सोहि वडाका अध्यक्ष सुर्के तामाङको लप्से युवा पशुपंक्षी फर्ममा विहान ९ बजेको समयमा आगलागि हुँदा फर्ममा काम गर्ने सोहि स्थानको बर्ष २५ की निर्जला कार्कीको छोरा बर्ष ३ को निर्जल कार्किकोको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव वुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी र स्थानियबासिको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट फर्म पूर्णरूपमा क्षति हुँदा अंन्दाजी ६ छ लाख १४ हजार) बराबरको सामानहरु जली क्षेती भएका छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । “नगरपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थिले बताउनुभयो । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको बस्नेतले बताउनुभयो ।...

आबश्यक अनुसार निशुल्क बिरुवा दिइने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
डिभीजन वन कार्यलय सिन्धुपाल्चोकले जिल्लाबासीहरलाइ आबश्यकताका आधारमा निशुल्क विरुवा उपलब्ध गराउँदै आइको साहायक बन अधिकृत कृष्ण बहादुर थापाले जानकारी दिनु भएको छ ।    जिल्ला वन कार्यलय सिन्धुपाल्चोक द्धारा सञ्चालीत पात्ले पानी नर्सरकिा बारेमा जानकारी दिनु हँदै थापाले यस्तो बताउँनु भएको हो । २०२९साल मा स्थापित ६रोपनी जग्गामा नर्सरी रहेको छ । उक्त नसंरीमा तिम्मुर,दाँते ओखर लोठसल्लो, कपुर,कोइरालो,टाँकी,बेलपत्र,तिम्बु, पारिजात, अम्बा, अमला, चिराइदो , बोझो, ठुलो औषधी लगाएत २५ थरी भन्दा बढीका विरुवाहरु उत्पादन गरिने गरेको छ। नागरिकको माग बमोजिमका बिरुवाहरु निशुल्क दिइरहेको बताउँदै आफ्ना् नर्सरमिा नभएका विरुवाहरु पनी माग बमोजिम अन्यत्र बाट खरिद गरेर ल्याएर भए पनी बितरण गरिरहेको सायक वन अधीकृत थापाले जानकारी दिनु भयो । उँहाले वन कार्यलयमा माग भइ आए बमोजिमको विरुवाहरु निशुल्क दिइने र धेरै परिणाममा ला...

जलवीरेमा कृषि तथा पशु सेवा केन्द्र स्थपना

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्लाको कृषी उत्पादनमा उपलब्ध हासील गर्दे गरेको बलेफी गाँउपालिका वडा नं १मा कृषि तथा पशु सेवा केन्द्र स्थपना गरिएको छ । पालीकाका सेरोफेरोमा रहेका नागरिकको सुबिधाका लागी बलेफी गाउँपालिकाले कृषि तथा पशु सेवा केन्द्र वडा नं. १ को जलबिरे बजारमा स्थापना गरेको हो । आइतबार सेवा केन्द्रको समुद्घाटन गर्दै पालिका अध्यक्ष गंगाबहादुर तामाङले स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्नको स्थानीय स्तरमा नै खपत गर्न पर्नै बताउँनु भयो । उँहाले पालीका भित्र रहेका हरेक कृषकले खेतीयोग्य जमीन बााझो राखेर अनुदान माग्ने होइन उत्पादन मुलक काम गर्नका लागी अनुदान माग्न पर्छ त्यासो हुँदा पालिकाले पनी अनुदानमा सहयोग गर्ने चाहना बढ्ने बताउँनु भयो ।उँहाले कृषकको लागी पलिकाले हरेक प्रकारको सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पबद्यालय दिवा खाजामा समेत स्थानीय स्तरमा उत्पादति खाद्यन्न प्रयोग गर्न पर्नै बताउँनु भ...

गुफाडाँडामा मेलम्ची कार्यपालिकाको बैठक

ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य
देवराज सुवेदी  मेलम्ची नगरपालिकाले मेलम्ची–९ गुफाडाँडामा आफ्नो कार्यपालिका बैठक तथा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न गरेको छ । नगरपालिकाले आज जलवायु सम्मेलन पार्क, गुफाडाँडामा बैठक गरेको हो ।उक्त स्थानमा २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो । त्यसपछि प्रत्येक वर्ष जनवरी १ तारिखमा जलवायु दिवस मनाइँदै आएको छ । गत वर्ष दिवसका अवसर पारेर रेस्लिङ खेल आयोजना गरेको थियो । यो वर्ष भने मेलम्ची नगरपालिकाले कार्यपालिका बैठक गरेको हो । जलवायु दिवसमा मेलम्ची–९ गुफाडाँडामा यस वर्ष नगरपालिकाले कार्यपालिका र विपद्  व्यवस्थापन समितिको बैठक गरेको छ ।  यसअघि जिल्ला समन्वय समितिले दिवस मनाउँदै आएकामा यस वर्ष कार्यक्रम नगरेकाले नगरले बैठक राखेर दिवस आगामी वर्षदेखि नगरकै नेतृत्वमा सचेतनामूलक कार्यक्रम आयोजना गरेर गर्ने निर्णय गर...

लैङ्गिक हिंसा न्युनकरण सम्बन्धी कार्यक्रम डडुवामा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सगुन बस्नेत, नेपालको संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार तथा कानूनले महिलालाई परिवार सञ्चालन देखि राज्य सञ्चालनसम्मका हरेक तहमा समान अवसर, समानता, सहभागिता, प्रतिनिधित्व र अपनत्वको सुनिश्चित गरेको छ । यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक‚ छुवाछुत जस्ता महिलाद्वेषी प्रथा‚ परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य रहेको पाइन्छ ।       लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय‚ सामाजिक संघ–संस्था‚ नागरिक समाज तथा महिला अधिकारकर्मीहरूलाई यस सन् १९८१ मा ल्याटिन अमेरिकाको डोमिनिकल गणराज्यबाट शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानले अन्तराष्ट्रियस्तरमा तीन दशक पार गरिसकेको छ भने नेपालमा सन् १९९७ देखि सञ्चालन हुदै आएको छ । नेपालमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मिति २०७९÷८÷०९ देखि २०७९÷...

सिन्धुपाल्चोकमा विपीको स्मरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले जननिर्वाचित प्रथम प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)ले अवलम्बन गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई अनुशरण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शनिबार कांग्रेस सिन्धुपाल्चोकले चौतारामा आयोजना गरेको कार्यक्रममा उहाँले नेता तथा कार्यकर्ताले विपीको मेलमिलापलाई आफ्नो जीवनमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारमा नरहे पनी आफुले सरकारमा रहेको जस्तै गरी जिल्लाको बिकासका कामहरु गर्ने समेत बताउँनु भएको छ । आफु केन्द्रीय सदस्य भएको कारण सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ मा मात्र होइन १ नं. क्षेत्र र देसैभरीका कार्यकर्ताहरुलाई निरास हुन नदिन आफु लागी पर्ने बताउँनु भयो । आफु २ नं. क्षेत्रबाट प्रतिनीधी सभामा प्रतिनिधित्व गरेका ...

ठुलो सिरुवारीमा ब्यवसायिक च्याउ खेती तालीम

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि सिन्धु पाल्चोकले चौतारा साँगाचोकगढीनगर पालिका वडा नं १३ ठुलो सिरुवारीमा व्यवसायीक च्याउ खेती तालीम दिएको छ । ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि चौतारा शाखा द्वारा ब्यवसायिक च्याउ खेती तालीम सप्पन्न गरेको चौतारा शाखाका शाखा प्रबन्धक बालकृष्ण उप्रेतीले जानकारी दिनु भयो । संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गत ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोष अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि सदस्य तथा समाजमा सामाजिक हितका निम्ति विविध कार्यक्रम गरिने बताउदै यस पटक संस्थाले सदस्यहरुलाई सदस्यहरुको सीप बिकास अन्तर्गत ब्यवसायिक च्याउ खेती तालिम सम्पन्न गरेको उप्रेतीले बताउँनुभयो । उँहाका अनुसार शनीबार चौ.सा . गढि न .पा १३ स्थित नर्सिङडाडामा आफ्नो कारोवारमा आवद्ध १५ वटा केन्द्रका ५० जना सदस्यहरुलाई ब्यवसायिक च्याउ खेती तालिम दिइ...