सहकारीका प्रमुखहरुबिच अन्तरक्रिया
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाभित्र रहेका सहकारीका प्रमुखहरु बिचको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्था संचालन तथा व्यबस्थापन, सहकारी संस्था एकिकरण प्रोत्साहन तथा प्रर्वद्धन र विद्यमान सहकारी ऐन, नियम, कानुन र मापदण्डको कार्यान्वयन र कोपोमिस सञ्चालन र प्रयोग सम्बन्धी सहकारी संस्थाका प्रमुखहरुको भेला तथा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर प्रमुख आइतमान तामाङले एउटै उद्धेश्य र प्रकृतिका सहकारी संस्थाहरुलाई एकिकरण गरि सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी ऐन, नियम, कानुन र मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगर प्रमुख तामाङले एक वडा एक नमुना सहकारी संस्था छनोट गर्ने नगरपालिकाको निति तथा कार्यक्रम रहेको हुँदा सोहि अनुसार आफ्नो गतिविधि र क्रियाकलाप अगाडि बढाउन नि...
