
नेपाल पत्रकार महासंघ धादिङ शाखाका कार्यसमिति सदस्य एवं ग्यालेक्सी फोर के टेलिभिजनका सम्वाददाता विकास रौनियारलाई समाचारको विषयलाई लिएर भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघले भर्तसना गरेको छ पत्रकार महासंघले आज बिज्ञेप्ती निकालेर ध्यानकर्षण भएको जनाएको छ ।पत्रकार महासंघका केन्द्रयि महासचिब रोसन पुरी ,र बागमती प्रदेस महासचिब कृष्ण शरु मगरले छुटाछुटै बिज्ञेप्ती जार िगर्दै ध्यानकर्षण भएको जनाउनु भएको छ । बिज्ञेप्तीमा पत्रकार महासंघ धादिङ शाखाका कार्य समिति सदस्य एवं ग्यालेक्सी फोर के टेलिभिजनका धादिङ संवाददाता विकास रौनियारलाई टेलिभिजनका लागि प्राकृतिक श्रोतको दोहनका विषयमा समाचार बनाउने क्रममा गजुरी गाउँपालिका वडा नं १ बस्ने दिनेश भण्डारी र रोशन गुरुङले २०७९ चैत्र ११ गते राती १०ः१५ बजेतिर सांघातिक हमला गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानकर्षण छ
प्राकृतिक श्रोतको दोहन विषयमा समाचार बनाउने क्रममा पत्रकार रौनियारमाथि गजुरी गाउँपालिका– १ का दिनेश भण्डारी र रोशन गुरुङले चैत्र ११ शनिबार राति १०ः१५ बजेतिर कुटपिट गरेका थिए ।
नागरिकलाई सुसूचित गर्ने कार्यमा जुटेका पत्रकारमाथि यस किसिमले आक्रमण हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै घटनाका संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकार निर्वाध र निर्धक्क रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ । भनीएको छ । यसै गरी
पत्रकार महासंघ धादिङ शाखाका कार्य समिति सदस्य एवं ग्यालेक्सी फोर के टेलिभिजनका धादिङ संवाददाता विकास रौनियारलाई टेलिभिजनका लागि प्राकृतिक श्रोतको दोहनका विषयमा समाचार बनाउने क्रममा गजुरी गाउँपालिका वडा नं १ बस्ने दिनेश भण्डारी र रोशन गुरुङले २०७९ चैत्र ११ गते राती १०ः१५ बजेतिर सांघातिक हमला गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
धम्कि दिइ बोलाउने र बोलाएको ठाउँमा नजाँदा घर नजिकमै गई घर अगाडी बोलाएर सांघातिक हमला गरी घाइते बनाएको घटना कुनै पनि प्रकारले क्षम्य होइन । प्रकाशित÷प्रशारित समाचारमा चित्त नबुझे वा गुनासो भए त्यस उपर कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुँदै भौतिक आक्रमणमा उत्रने र आत्म सम्मानमा चोट पुग्ने किसिमले गाली गलौज गर्नु प्रेस स्वतन्त्रतामाथि अराजकताको प्रहार हो ।
महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न र स्वतन्त्र पत्रकारिता गर्नको लागि पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।
