सम्पर्क

बलेफी कप बलेफीलाइ

सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिकामा आयोजित चौथो बलेफी कप फुटबलको उपाधि आयोजक बलेफी गाउँपालिकाले हात पारेको छ ।सुनकोसी गाउँपालिकास्थित बसन्तपुर खेल मैदानमा भएको फाइनल खेलमा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाइ ६ –५ गोल अन्तरले हराएर बलेफी गाउँपालिकाले उपाधि हात पारेको हो । शनिबार दिउँसो भएको बलेफि र पाँचपोखरि फाईनल खेल मा बलेफीले उपाधी हाता पारेको हो । प्रतियोगिताको विजेता टोलिले नगर १ लाख र उपविजेताले ५० हजार प्राप्त गरेको छ । चैत ४ गते देखि बसन्तपुर खेल मैदान सुनकोसी –७ मा भएको खेलमा जिल्लाका सबै १२ वटै पालिकाले सहभागिता जनाएका थियो।खेलपछि आयोजित समापन समारोहमा प्रमुख अतिथि बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ले विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई एवं सम्मान प्रदान गर्दै पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले पनि विजेताहरुलाई मेडल प्रदान गर्नु भयो ।सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका वडा न ७ बसन्तपुर खेल मैदानमा भएको खेल चैत ४ गतेबाट सुरू भएको थियो।सिन्धुपाल्चोकको १२ वटै स्थानिय तहको सहभागिता थियो।