लिसंखुपाखर गाउँपालिका सिन्धुपाल्चोकले गरीवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम आर्थिक बर्ष २०७८÷७९ अन्र्तगत ७५ जनालाई उद्यमी सिर्जनाका लागि उद्यमशिलता तालिम प्रदान गरेको छ ।
लिसंखु पाखर गाउँपालिका वडा नं. २,३ र ५ मा २५ जनाको दरले तिन वटै वडामा ८ दिनको तालिम प्रदान गरेको हो ।
७ दिन व्यवसाय सचेतना तथा सुरु तालिम र सोहि सहभागिहरुलाई १ दिन परिवार सहितको उपस्थितिमा लैंगिक तथा सामाजिक समावेशीकरणको तालिम विपन्न,दलित,आदिवासी जनजाति र अन्य समुदायका युवा,महिला र पुरुषहरुलाई उपलब्ध गराएको छ । लिसंखुपाखर गाउँपालिकाको आयोजनामा संचालन गरिएको उक्त तालिमको प्रशिक्षण तथा सहजिकरण उद्योग विकास शाखामा कार्यरत उद्यम विकास सहजकर्ता विक्रम सुन्दास र रोजगार शाखामा कार्यरत रोजगार सहायक रमेश लामाले गर्नु भएको थियो ।
स्थानीय स्तरमा नै प्रशोधन उत्पादन तथा सेवा प्रदान गर्न सकिने स्रोत,साधान र श्रममा आधारित उद्यम व्यसायहरुको स्थापनाको लागि आयोजित तालिमबाट सहभागिहरुले गलैचा बुनाई,अचार उत्पादन जाम उत्पादन,दुग्धजन्य बस्तु उत्पादन ,च्याउखेति र गार्मेन्ट उद्योगको छनौट गरेको छन ।
घरैमा परिवारको साथमा रहेर व्यवसाय गर्न आयोजना गरेको यो उद्यमसिलता तालिमको प्रभावकारीता संगै आफुले छनौट गरेको व्यवसाय भन्दा फरक तालिममा अव आफु सहभागि नहुने भनाई तालिम सहभागि लिसंखु पाखर गाउँपालिका वडा नं. २ बस्ने कविता वि.क.को राख्नु भएको छ ।
उहाँ अझ थप गर्नुहुन्छ लिसंखु पाखर गाउँपालिका गैर सरकारी संस्था , सरकारी संस्था र स्थानीय सरकारले विभिन्न किसिमको तालिम,गोष्ठि,सेमिनर र बैठक आयोजनामा ठुलो धनरासी लगानी गरे पनि स्थानीय स्तरमा बसोबास गर्ने तालिममा सहभागि बन्ने व्यक्तिहरुको व्यवहारमा स्तरउन्नति नभएको तर आयोजना गर्ने संस्था र सहजकर्ताहरुको पारिवारिक स्तरउन्नति भएको तर उद्यमसिल तालिम भन्ने लक्षित बर्गको स्तरउन्नति गराउनेमा आफु विस्वस्त रहेको बताउनु भयो ।
गाउँघरमा बसोबास गर्ने वेरोजगार युवाहरुलाई स्थानीय स्तरमा उपलब्ध कच्चापदार्थ,बासिन्दाहरुको चाहाना र बजारको मागमा आधारित उद्यम स्थापनाको लागि संचालित गरीवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमको मोडल अनुसार सचालित तालिमको अनुगमन लिसंखु पाखर गाउँपालिका गाउँ कार्यपालिका उपाध्यक्ष मिठुदेवी लामा गर्नु भएको थियो ।
अनुगमनको क्रममा तालिम लिने मात्र नभए व्यवहारिकतामा प्रयोग गर्न सहभागिहरु अनुरोध गर्दे उद्यम संचालनको लागि आगमी दिनमा नीति ,बजेट, कार्यक्रम गाउँपालिकाले अगाडी ल्याउने प्रतिवद्धता जनाउनु भएको सहज कर्ता बिक्रम सुन्दासले जानकारी दिनु भएको छ ।
