
रानी पोखरी भन्ने वित्तिकै तपाईको मनमा पक्कै पनि काठमाडौँको रानीपोखरी भन्ने बुझ्नु हुन्छ होला । तर सिन्धुपाल्चोकमा पनि रानीपोखरी छ । चौतारा साँगाचोकगढी नगरपालिका–८ ईर्खुमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रूपमा रहेको ईर्खु रानीपोखरीको पुनःनिर्माण कार्य तिव्र गतिमा अगाडि बढेको छ ।
गत वर्ष चौतारा साँगाचोकगढी नगरपालिका निवर्तमान मेयर अमान सिं तामाङले नगर गौरव योजनाअन्तर गत ५० लाख रकम विनियोजन गरेर शिवलिङ्ग सहितको मन्दिर निमार्ण गर्नको लागि सहयोग गर्नुभएको ८ नं. वडाका वडाध्यक्ष अमृत बहादुर दंगालले बताउनुभयो । यसै सिलसिलामा प्रदेश सहरीविकास मार्फत ३० लाख बजेट विनियोजन भएकोले धार्मिक पर्यटकिय निर्माणधिन स्थललाई काठमाडौं दरबार हाईस्कूल रानीपोखरीको ढाँचामा निमार्ण गर्ने कार्य सुरु गरेको वडाध्यक्ष दँगालले बताउनुभयो । उहाँले परम्परागत शैली र प्रविधिमै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनर्निर्माण हुने जानकारी दिँदै ‘रानीपोखरी पुनर्निर्माण शुरु गरिएको बताउनुभयो । त्यसका लागि सबैको सहयोग र साथ रहने विश्वास लिएको दँगाल बताउनुहुन्छ ।’ करिव ९ सय वर्ष अगाडिदेखि जनैपूर्णिमाको दिन मेला लाग्ने गर्दथ्यो । विषेशगरी बौद्ध धर्मलम्बीहरुले जनैपूर्णेमा दिन धामी झाक्रि सहित पुजा गर्ने भएकोले रानी पोखरी छेउमै बुद्धको मुर्ति निमार्ण हुने समेत उहाँले बताउनुभयो । नगरपालिकाको पर्यटकीय क्षेत्रको रूपमा स्थापित गन रानीपोखरीले महत्व छ । उक्त धामीृक सथलमा जानका लागी सिढी निर्माण गरिउको छ भने बाँझ बिसौना भन्ने स्थानबाट सवारी साधन जानेआउँने गरी सडक निर्माण गरिएको छ ।आगामी भदौ महीना सम्ममा यो स्थान रमणीय तरिकाले पर्यटकको लागी अती रमणीय स्थल समेत बन्ने देखीन्छ । धार्मिक तथा पर्यटकीय महत्वको यो स्थल संरक्षणको पर्खाइमा रहेकोे वडा अध्उक्ष दङ्गालले बताउनुभयो ।
