सम्पर्क

इर्खुमा१चौतारामा ३दिन आखाँ शिबीर बस्दै

नेत्र बहादुर बस्नेत, चैत्र १२गते आइतबार चौतारा साँगाचोकगढी नगरपालिका वडा न८मा निशुल्क शिबीर सञ्चालन हुने भएको छ भने चैत्र १४,१५,र १६ गते निशुल्क अँखा शिबिर सञ्चालन हुने भएको छ । स्वास्थ्य चौकि ईर्खुका अध्यक्ष चौतारासाँगाचोकगढी नगरपालिका वडा न ८को वडाअध्यक्ष अमृत दङ्गालको अध्यक्षतामा बसेको इर्खू स्वास्थ्य चौकी सञ्चालक समितीको बैठकले १२ गतेको शिबीरमा बिभिन्न रोगको निशुल्क रोग परिक्षण गरिने वडा लगाएत वडा आसपासका नागरिकलाइ उक्त शिबीरमा सहभागी भएर रोग परिक्षण गर्न अनुरोध गरिएको छ। बैठकले वडा नं ८मा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरिने समेत वडा अध्यक्ष दङ्गालले जानकारी दिनु भयो । स्वास्थ्य चौकि प्रमुख केशब नापितले नयाँ बर्ष २०८० को बैशाख २५ गते देखि हरेक महिनाको २५ गते शिबिर सञ्चालन गरिने बताउँनु भयो । वँहाले वडाबाट गर्भवति महिलालाई हरेक महिना रोग परिक्षण गरि ९ पटक सम्म परिक्षण गरेकालाई प्रोत्साहन खर्च दिने ,गाँउमा उत्पादन भएको खाद्यन्न को ब्यवस्था गरेर पोष्टिक खाना खाने व्यवस्था मिलाउँने योजना रहेको बताउँदै चैत्र १२ गते सञ्चालन गरिने शिबिरमा बालबालिका,जेष्ठनागरिक,गर्भवति सबैलाई उपस्थिती गराउँन महीला सामाजिक स्वयम सेवीका तथा सञ्चालक समितीका पदाधिकारहिरुलाइ अनुरोध गर्नु भयो । चौतारा साँगाचोक गढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अाँखा सम्बन्धि समस्या भएका हरुलाइ चैत्र १४,१५,र १६ गत फिल्ड टेनिङ सेन्टर चौताराको फिल्ड ट्रेडीङ्ग हलमा निशुल्क आँखा शिबीर सञ्चालन गरिन लागेको नगर शिक्षा शाखा प्रमुख शिब पुरीले जानकारी दिनु भयो । यस सम्बन्धमा चौतारासाँगाचोकगढी नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत राम बहादु्र केसीले सुचना जारी गर्दै शिबरिमा सहभागी हुन सबैमा अनुरोध गर्नु भएको छ ।