सम्पर्क

स्याउलेमा एक “घर एक, एक धारा”

चौतारा साँगाचोकगढी नगरपालिका – १ स्याउलेमा एक “घर एक, एक धारा” उपलब्ध गराइएको छ ।
१६८ घरधुरीसहित एक विद्यालयमा धारा जडान भएपछि स्याउलेमा सञ्चालित एक घर एक धारा योजना सम्पन्न भएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमबीच शुक्रबार धाराको उद््घाटन तथा समुदायलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा नगरबासीलाई स्वच्छ खानेपानीको पहँुचमा पु¥याउन आफूले गरेको संकल्पको सुरुवात स्याउलेबाट सुुरु भएको मेयर सापकोटाले बताउनु भयो । आगामी पाँच वर्षभित्र सबै नगरबासीहरुलाई खानेपानीको पहुँचमा पु¥याउने आफ्नो संकल्प रहेका बताउँदै मेयर सापकोटाले खानेपानीकै लागि नगरबासीहरुले सघर्ष गर्नुपर्ने दिनको अन्त्य आफ्नै कार्यकालमा हुने पनि बताउनु भयो । पूर्व सांसद एवम् जुगल थालखर्क होल्चे खानेपानी समितिका अध्यक्ष सुवास कर्मचार्यले एक घर एक धारा अभियानले खानेपानीको लागि एउटै धारामा पालो लगाउनुपर्ने र मुहानमा गैरहनुपर्ने झण्झट हटेको बताउनुभयो । कार्यक्रममा समितिका कोषाध्यक्ष टंक कार्की, वडा नं. १ का वडा अध्यक्ष युवलाल श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम समितिका अध्यक्ष रविन्द्र शर्माको अध्यक्षता र श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाको ५ लाख आर्थिक सहयोग र स्याउले वडास्तरिय खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्राविधिक सहयोगमा एक घर एक कार्य धारा योजना सञ्चालन भएको थियो । स्याउलेदेखि गुन्सासम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहँुच पुगेको छ ।