सम्पर्क

ज्ञानमन्दरि माबी मा बिधुतिय फिल्टर जडीता धारा

नमुना ज्ञानमन्दरि माबी मेलचौरमा बिधुतिय फिल्टर जडीता धारा निर्माण भएको छ । उक्त धाराको एक समारोहका बिच चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ नम्बर वडास्थित नमुना ज्ञानमन्दिर माध्यमिक बिद्यालयमा बिद्युतीय फिल्टर जडित धाराको उद्घाटन गर्दै सापकोटाले
रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदीने तर्फ ध्यान दिन पर्नै बताउँनु भयो । उँहाले मानिस बिमारी हुँदा १५ लाख भन्दा बढी खर्च भइरहेको भन्दैे देख्दा थोरै रकममा निर्माण भए पनि यसले दिर्घकालिन महत्त्व बोकेको छ भन्दै सापकोटाले बिद्यालयमा युवाहरूको जोस जाँगर र सवैको समान धारणा बिकास भएको पाएँ । अझै समाजको चेतनशीलहरुको पहलमा शिक्षकहरुले योजना वनाएर समृद्ध नगर बनाउन सहयोग गर्न आग्रह गर्नू भयो ।नगरको कतिपय ठाउँमा योजना ठूलो भएर पनि दुरुपयोग भएको छैन । कतिपय थोरै रकम दिएको ठाउँमा राम्रो काम भएको भन्दै खुसि व्यक्त गर्दै सापकोटाले बिद्यार्थीहरुको स्वास्थसंग प्रत्यक्ष जोडिएकोले नगरपालिकाले प्राथमिकतामा बिद्यालयलाई राख्ने योजना अगाडी सारेको छ भन्नु भयो
शिक्षाबिद् समाजसेवी शम्भु दंगालले नेपालमा ७० प्रतिशत मानिसमा पानीको कारण रोग लाग्ने गरेको भन्दै आफुले प्रभावकारी रुपमा शिक्षा क्षेत्र हुने भएकोले रोजाईमा ज्ञानमन्दिर परेको बताउँदै यो सानो प्रयास हो, अव नगरभरी लैजाने योजना छ । उक्त योजनामा बिद्यालय, वन समूह र समुदायसम्म पु¥याउने लक्ष्य रहेको जानकारी दिनु भयो ।
एकै स्थानमा ४ वटा धारा रहेको र, उक्त धारामा बोतल भरेर कक्षाकोठामा लैजाने प्रवन्ध मिलाईएको छ ।

सो मेसिन र धारा निर्माणका लागि ६ लाख २८ हजार ९ सय ६१ रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक पुन्य गजुरेलले जानकारी दिनु भयो । धारा निर्माणमा चौतारा साँगाचोकगढी नगरपालिका,लुसेन्ट ड्रप नेपाल, डा. सम्भु दंगाल र पूर्व शिशिका कल्पना दंगाले सहयोग प्रदान गरेको हो । बिद्यार्थी , शिक्षक, बिव्यस, र अन्य समाजसेवीहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमको शिक्षक उमेश कार्कीले सञ्चालन गर्नु भएको थियो भने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दंगालको अध्यक्षतामा सभापतित्वमा कार्यक्रम भएको थियो ।