सम्पर्क

ब्रेकिङ न्युज १

चौतारामा र्यालिसहित विश्व महिनावारी स्वच्छता दिवस

ब्रेकिङ न्युज १, समाचार
महिनावारी किशोरी तथा महिलामा हुने प्राकृतिक प्रक्रिया हो । महिनावारीलाई छोइछिटो गर्ने र गलत तरिकाले बुझ्नेहरु अझै छन् । महिनावारी स्वच्छ ढंगले र सम्मानपूर्वक व्यवस्थापन गर्न सक्ने वातावरण बनाउने उद्देश्यसहित हरेक वर्ष मे २८ का दिन “विश्व महिनावारी स्वास्थ्य दिवस“ मनाइने गरिन्छ । सोहि अवसरमा सिन्धुपाल्चोकमा पनि ‘सम्मानित महिनावारी हाम्रो प्रतिवद्धता’ भन्ने नाराकासाथ महिनावारी दिवस मनाएको छ । आदिवासि जनजाति महिला उत्थान केन्द्र संस्था, ग्रामीण सेवा समाज गुठी, फिडम किडव्यागको संयुक्त आयोजना र श्रीकृष्ण रत्नगंगा माविको समन्वयमा विभिन्न नाराको प्लेकार्ड समेत वोकी श्रीकृष्ण रत्न गंगा माविदेखि टुडिखेलसम्मको र्याली सहित कार्यक्रम गरेको थियो । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै ईर्खु स्वास्थ्य चौकीका इन्चार्ज सविन श्रेष्ठले प्रजनन स्वास्थ्य र स्वच्छ महिनावारीसम्बन्धी किशोरीहरुलाई जानकारी गराउनुभएको ...

कृषकको श्रमलाई सम्मान गर्ने

ब्रेकिङ न्युज १, समाचार
स्थानीय स्तरमा नै रोजगारको व्यवस्था गरी स्थानीय स्तरमा खेती गरी उत्पादन मुलक काम गर्ने कृषकको श्रमलाई उच्च सम्मान गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ । उहाँले नेत्रज्योती कृषी सहकारी संस्थाद्धारा आयोजित बाँझो जग्गामा खेती गर्ने सम्बन्धी अन्तरक्रीया कार्यक्रमको उद्धघाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । कार्यक्रममा नगर प्रमुख सापकोटाले नगरपालिकाका सबै नागरिक समान हुन केही आफ्नो कोही अर्काको छैनन त्यसैले सबैलाई समान रुपले आफुले सकेको सहयोग गरिरहने बताउँदै चौतारा साँगाचोकगढी नगरपालिकालाई कृषी पकेट नगर बनाउँन लागी पर्नु पर्ने बताउँनु भयो । अनुदान होइन श्रमदान गरौ भन्ने मुल नाराका साथ नेत्रज्योती कृषी सहकारी संस्थाले चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. १४ मा गरेको कार्यक्रममा सापकोटाले अरु क्षेत्र भन्दा कृषी सेवालाई नगरपालिकाकले बिशेष प्राथमिक...

एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिनुभएको छ । शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शय्या थपेर सेवा सुधार गर्नुहोस् । ” मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शय्याको सघन उपचार कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन अस्पताललाई निर्देशन दिनुभयो । उहाँले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधि...

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आज सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौँ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडा दर आजै राजपत्रमा प्रकाशित भएको छ । काठमाडौँ उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ भाडा दर आजै राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुनेछ ।” यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडीभाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ...

वहुविवाह मुद्दाका फरार अपराधी ८ वर्ष पछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
बहुविवाह मुद्दाका फरार प्रतिवादी ८ वर्ष पछि पक्राउ परेका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका – ५ अन्थली टोल बस्न ४१ बर्षीय दोर्जे तामाङलाई मंगलबार बार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो । उहाँलाई सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७१ माघ १८ गतेको फैसलाले बहुविवाह मुद्दामा कैद १ बर्ष र जरिवाना रु ५०००।– सजाय सुनाएको थियो । ईलाका प्रहरी कार्यालय वाह्रविसेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत पेश गरिएकोमा सम्मानित अदालतले लागेको कैद÷जरिवाना सजाय असुल उपरका लागि बुधबार जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

बागमती लेखापढीमा बस्नेत

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बागमती यातायात इकाइ समितीको तेश्रो अधीबेशन तथा नवौ साधरण सभा हालै सम्पन्न भएको छ । सम्पन्न अधीबेशनले राम कृष्ण बस्नेतको अध्यक्षतामा नँया कार्य समितीको समेत निर्वाचन गरेको छ । निर्वाचित पदाधिकारी हरुमा उपाध्यक्ष फणेन्द्र ओझा, सचिब राम कृष्ण पौडेल,सहसचिब मदन लामा, कोषध्यक्ष बिनोद प्याकुरेल सह कोषध्यक्ष किसोर भट्टराइ,सदस्य हरुमा पार्बती कुमारी निरौला, हसना श्रेष्ठ, किरन महर्जन,महेन्द्र बस्नेत, ज्ञानेन्द्र श्रेष्ठ,पुर्ण श्रेष्ठ,नरेन्दै अर्याल रहनु भएको निर्वाचित सदस्य पार्बती कुमारी निरौलाले जानकारी दिनु भयो । यातायात कार्यलयमा लेखापढी गर्ने इजाजत प्राप्त भएका लेखापढी व्यवसायीहरुको हक हित र संरक्षणका लागी स्थापीत भएको यस सस्थाको सभा जेष्ठ ६ गते शनीबार भएको हो ।...

फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
वैदेशिक रोजगार कसूर मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार एक अपराधि पक्राउ परेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका –१२ बस्ने ५५ वर्षीय ईन्द्र बहादुर वि.क.लाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले बताउनुभयो । उनलाई वैदेशिक रोजगार न्यायाधीकरणको २०७६ माघ २१ गतेको फैसलाले एक बर्ष पाँच महिना आठ दिन कैद सजाँय तकिएको थियो । आइतबार चौतारा बजारबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई कैद सजाय असुल उपरका जिल्ला कारागार चौतारा चलान गरेको यादवले बताउनुभयो ।...

नमुना बन्दै मेलम्ची नगरपालिका

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि हासिल गरेका उपलब्धिका साथै पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । शनिबार मेलम्चीमा पत्रकार सम्मेलन गरी नगर प्रमुख आइतमान तामाङले नगरको उपलब्धि प्रस्तुत गर्नुभएको हो । यसरी एक बर्षे कार्यकालको उपलब्धी साबृजनीक गर्ने सिन्धुपाल्चोक जिल्लाको पहीलो पालिका बनेको छ । एक बर्षे कार्यकाल Final Draftपञ्च बर्षीय कार्यक्रमका बारेमा जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बिशेष गरी आफु निर्बाचित भए पछी सवारी चालक का साथै कार्यलय भित्रका कर्मचारी हरु आफु अनुकुल राख्ने चलन चली आएको भएता पनी मेलम्ची नगरपालिकाले भने पुर्बवत स्थितीमा नै कर्मचारी परिचालन गरिरहेको कारण पनी मेलमची नगरपालिका वित्तीय सुशासन जोखिम मूल्यांकन गुणस्तर परीक्षणमा जिल्लाभित्र प्रथम हुनुका साथै वाग्मती प्रदेशमा दोस्रो र नेपालमा नै टपटेन स्थानमा पर्न सफल भएको बताउँनु भयो । यसअघि नगरप...

सहकारीले दियो शिक्षकहरुलाई तालीम

ब्रेकिङ न्युज १, समाचार
पृथ्वीजंग पाण्डे/पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका –४ पिस्करमा शैक्षिक सामग्री निर्माण कार्यशाला शनिबार सम्पन्न भएको छ । महादेवश्वरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र त्रिपुरासुन्दरी शिक्षा शाखाको समन्वयमा भएको दुई दिने तालिम शुक्रबार बाट सुरु भएको थियो । वडा अध्यक्ष टेकबहादुर गुभाजुले तालीमको उद्घाटन गर्नुभएको थियो भने शिक्षा शाखा प्रमुख शालीकराम घिमिरे लगायत शैक्षिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो । पिस्करभरका सबै विद्यालयका २४ जना शिक्षकहरुले शैक्षिक सामग्री निर्माण कार्यशालामा भाग लिएका थिए । मंगलामाई माबी पिस्करमा भएको कार्यशालामा कक्षा वालबिकास देखि माध्यमिक तह सम्म अध्यापन गराउदा प्रयोग गर्न मिल्ने शैक्षिक सामग्रीको निर्माण गर्न सहजकर्ता नमराज भण्डारी र सुर्य पौडेलले सहजीकरण गर्नुभएको थियो । महादेवश्वरी बचत तथा ऋण सहकारीका पुर्व अध्यक्ष तथा लेखा सुपरिवेक्षक समितिका संयोजक सुर्...

मन्त्री बस्नेत द्धारा अनाबश्यक खर्चमा रोक

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले संघीय अस्पतालहरुमा हुने अनाबश्यक खर्च रोक लगाउँने बताृानु भएको छ । यसका लागी उँहाले अस्पतालमा कार्यरत कर्मचारीहरुको विवरण १५ दिन भित्र दिन बुझाउन समेत निर्देशन दिनु भएको छ। शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री बस्नेतले यस्तो निर्देशन दिनजु भएको हो । उँहाले जथाभाबी स्वास्थ्य उपकरण किन्ने अस्पताललाई सरकारले ठाउँ र जनशक्ति नभएर पनि उपकरण किनेका अस्पताललाई स्पष्टीकरण सोध्नउहाँले बताउँनु भयो । उपकरण खरिद गरिसकेका सामान बेवारिसे बनाएर नराख्न र स्वास्थ्य सेवा विभागलाई खरिद एवम् वितरणमा थप व्यवस्थित गर्न निर्देशन दिने सगँै प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने पनि बताउनुभयो । मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिई ओपीडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर...