सम्पर्क

बागमती लेखापढीमा बस्नेत

नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बागमती यातायात इकाइ समितीको तेश्रो अधीबेशन तथा नवौ साधरण सभा हालै सम्पन्न भएको छ । सम्पन्न अधीबेशनले राम कृष्ण बस्नेतको अध्यक्षतामा नँया कार्य समितीको समेत निर्वाचन गरेको छ । निर्वाचित पदाधिकारी हरुमा उपाध्यक्ष फणेन्द्र ओझा, सचिब राम कृष्ण पौडेल,सहसचिब मदन लामा, कोषध्यक्ष बिनोद प्याकुरेल सह कोषध्यक्ष किसोर भट्टराइ,सदस्य हरुमा पार्बती कुमारी निरौला, हसना श्रेष्ठ, किरन महर्जन,महेन्द्र बस्नेत, ज्ञानेन्द्र श्रेष्ठ,पुर्ण श्रेष्ठ,नरेन्दै अर्याल रहनु भएको निर्वाचित सदस्य पार्बती कुमारी निरौलाले जानकारी दिनु भयो । यातायात कार्यलयमा लेखापढी गर्ने इजाजत प्राप्त भएका लेखापढी व्यवसायीहरुको हक हित र संरक्षणका लागी स्थापीत भएको यस सस्थाको सभा जेष्ठ ६ गते शनीबार भएको हो ।