सम्पर्क

वहुविवाह मुद्दाका फरार अपराधी ८ वर्ष पछि पक्राउ

बहुविवाह मुद्दाका फरार प्रतिवादी ८ वर्ष पछि पक्राउ परेका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका – ५ अन्थली टोल बस्न ४१ बर्षीय दोर्जे तामाङलाई मंगलबार बार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो ।
उहाँलाई सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७१ माघ १८ गतेको फैसलाले बहुविवाह मुद्दामा कैद १ बर्ष र जरिवाना रु ५०००।– सजाय सुनाएको थियो । ईलाका प्रहरी कार्यालय वाह्रविसेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत पेश गरिएकोमा सम्मानित अदालतले लागेको कैद÷जरिवाना सजाय असुल उपरका लागि बुधबार जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।