यस वर्षको मनसुन सुरु हुनै लाग्दा सम्भावित जोखिम हुनसक्ने भएकाले सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा बुधबार जिल्ला बिपद् ब्यबस्थापन समिति, स्थानीय बिपद् ब्यबस्थापन समिति, सरोकारवाला पक्षलाई अभिमुखिकरण कार्यक्रम गर्दे बिपद् पूर्व तयारी र प्रतिकार्यका काम शुरु गरिएको जिल्ला समन्वय समिती प्रमुख बालकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । विगतका दिनहरुमा बाढी पहिरो, भूकम्प, आगलागी लगायतका बिपद्बाट सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भईरहेको श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोकमा २०७१ साल साउन १७ गतेको जुरे पहिरोदेखि हालसम्मको बिपद्मा परेर तीन हजार ७९० जनाको निधन भएको थियो । अझै ३७ जना बेपत्ता भईरहेका छन् । अबौं रुपियाँको भौतिक क्षति भईसकेको छ । त्यस्तै मेलम्ची बाढी, लिदी पहिरो, घुम्थाङको नागपुजे पहिरो, जम्बु बाढी पहिरो, खाग्दल बाढी, मेलम्ची पहिरो लगायतका बिपद्ले सयौँको ज्यान लगेको थियो भने आवास लगायत अर्बौँको भौतिक क्षति भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला बिपद् ब्यबस्थापन समिति, स्थानीय ब्यबस्थापन समितिले बिपद् न्यूनिकरण र प्रतिकार्यका लागि नीति योजना निमार्ण गर्दे (बाढी पहिरो आगलागी) कृत्रिम घटना अभ्यास जोखिमयुक्त स्थानको भौगर्भिक अध्ययन्, बिपद् पूर्वसूचना प्रणाली, समुदायस्तरमा खोज तथा उद्धार, प्राथमिक उपचार लगायतका पूर्व तयारीका कामहरु भएको जिल्ला बिपद् ब्यबस्थापन समितिको संयोजक रमेश न्यौपानेले जानकारी दिनु भयो । बिपद्बाट उच्च जोखिममा रहेका बस्तीहरुको भौगर्भिक अध्ययन् भईरहेको र उक्त जोखियुक्त बस्तीलाई स्थानान्तरणका बारे सुरक्षित स्थानको खाजी भईरहेको प्रजिअ न्यौपानेले बताउनु भएको छ । बिपद् पूर्वको तयारी, प्रतिकार्य, पुर्नलाभ, अल्पीकरणका कार्य गर्न थाल्ने भएको छ । तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा जिल्ला बिपद् ब्यबस्थापन समिति र स्थानीय बिपद् ब्यबस्थापन समितिको समन्वयमा गैरसरकारी संस्था, शसस्त्र प्रहरी बल लगायतले बिपद्जन्य क्षेत्रका युवायुवती, शिक्षक, बिद्यार्थी लागयतलाई बिपद् प्रभावितलाई बचाउन ब्यबहारिक तालिम दिदै आएको छ ।
