सम्पर्क

तीनदिने आधारभूत पत्रकारिता (समाचार लेखनसिप) तालिम सुरु

इन्द्रावती गाउँपालिकाको आर्थिक सहयोग तथा रेडियो मेलम्चीको आयोजनामा तीनदिने आधारभूत पत्रकारिता (समाचार लेखनसिप) तालिम सुरु भएको छ । गाउँपालिकाको ऐतिहासिक,धार्मिक,सांस्कृतिक, पक्षको उजागर तथा गाउँपालिकाका उपलब्धि तथा गतिविधि सम्प्रेषण गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा गाउँपालिका भित्रका १२ वटै वडाका प्रतिनिधि हरुको सहभागीता रहेको इन्द्रावती गाउँपालिकाका अध्यक्षका सल्लाहकार सुनिल तामाङ्ले जानकारी दिनुभयो । तालिमको रेडियो मेलम्चीका अध्यक्ष पत्रकार डम्बर रसिक भारती , धुर्व दंगाल, लगायत रेडियो मेलम्चीका अन्य प्रतिनिधिले सहजीकरण गर्ने रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष झम्क नेपालले जिल्लामा क्रियाशिल पत्रकार हरुको उदाहरण दिदै सक्रिय हिसाबले यस क्षेत्रमा लाग्न आग्रह गर्नुभयो । उहाँले वडामा रहेर पालिका तथा वडा मार्फत भएगरेका कामका बारेमा समाचार संकलन गरि प्रकासन गर्न आग्रह गर्दै गाउँपालिका बाट हुने सहयोगमा कमि हुन नदिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५का वडा अध्यक्ष शशिनाथ आचार्य ,वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्रबहादुर तामाङ लगायतले तालीम तालिममा मात्र सिमित हुन दिननहुने बताउनुभयो । वडा अध्यक्ष द्वयले गाउँपालिकाको लगानी खेर जान दिननहुने बताउदै सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । रेडियो मेलम्चीका अध्यक्ष भारतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतव्य देवराज सुवेदीले राख्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, मिसन नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सन्तोष सिग्देल,गाउँपालिकाका न्यायीक सहजकर्ता भूगोल आचार्य, अध्यक्षका सल्लाहकार सुनिल तामाङ,पत्रकार बुद्धिप्रसाद आचार्य,रबिन दनुवार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम दिपिन ढुंगानाले संचालन गर्नुभएको हो ।