सम्पर्क

दलित तथा विपन्न परिवारलाई बाख्रा वितरण

पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक सहयोगमा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत आय आर्जनका लागि बाख्रा वितरण बुधबार गरिएको छ । तौथलीका दलित तथा विपन्न परिवारलाई स्थानीय तथा बोयर जातका बाख्रा ५५ घर परिवारलाई पालिका अध्यक्ष भक्तध्वज बोहराले बितरण गर्नुभएको हो । विपन्न बर्गका महिलाहरुको आयआर्जनमा टेवा पुगोस् भनेर बाख्रा वितरण गरिएको स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहले वताउनुभयो।सुनौलो हजार दिनको महिलाहरुलाई बाख्रा पालन तालिम सहित बाख्रा वितरण गरिएको । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष यादप श्रेष्ठ वडा नं. ६ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता रमेश बोहरा लगायत जनप्रतिनिधि र स्थानीयको उल्लेखनीय उपस्थिति रहेकोे थियो। त्यसैगरी बुधबार नै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ अवस्थित जलजले सामुदायीक स्वास्थ्य इकाई जलजलेमा वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजुको प्रमुख आतिथ्यतामा स्थानीय, लगायत बुद्धिजीवी, जनप्रतिनिधी, कर्मचारीहरुको उपस्थितिमा सुरक्षित खानेपानी सम्बन्धी एक दिने जनचेतामूलक कार्यक्रम सम्पन्न गरिएको थियो ।