सम्पर्क

२ जना फरार अपराधी पक्राउ

विभिन्न अपराधमा संग्लन रही फरार रहेका २ जना अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७८ पुस २५ गतेको फैसलाले हातहतियार खरखजाना मुद्दामा २ महिना १० दिन कैद र दश हजार जरिवाना सजाँय भई फरार भएका ईन्द्रावती गाउँपालिका – ८ का ५९ वर्षीय लोक बहादुर तामाङ जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो ।
त्यसैगरी सिन्धुपाल्चोक जिल्ला अदालतको २०५३ मंसिर २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ महिना ०७ दिन कैद र तिस रुपैँया जरिवाना सजाँय भई फरार रहेका ईन्द्रावती गाउँपालिका – ५ का ५३ वर्षीय एक बहादुर वि.क.लाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार पक्राउ गरी जिल्ला अदालत पेश गरिएकोमा सम्मानित अदालतले लागेको कैद÷जरिवाना सजाय असुल उपरका लागि मंगलबार जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।