वैदेशिक रोजगार कसूर मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार एक अपराधि पक्राउ परेको छ ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका –१२ बस्ने ५५ वर्षीय ईन्द्र बहादुर वि.क.लाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले बताउनुभयो । उनलाई वैदेशिक रोजगार न्यायाधीकरणको २०७६ माघ २१ गतेको फैसलाले एक बर्ष पाँच महिना आठ दिन कैद सजाँय तकिएको थियो ।
आइतबार चौतारा बजारबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई कैद सजाय असुल उपरका जिल्ला कारागार चौतारा चलान गरेको यादवले बताउनुभयो ।
