मेलम्ची नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि हासिल गरेका उपलब्धिका साथै पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।
शनिबार मेलम्चीमा पत्रकार सम्मेलन गरी नगर प्रमुख आइतमान तामाङले नगरको उपलब्धि प्रस्तुत गर्नुभएको हो । यसरी एक बर्षे कार्यकालको उपलब्धी साबृजनीक गर्ने सिन्धुपाल्चोक जिल्लाको पहीलो पालिका बनेको छ । एक बर्षे कार्यकाल Final Draftपञ्च बर्षीय कार्यक्रमका बारेमा जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बिशेष गरी आफु निर्बाचित भए पछी सवारी चालक का साथै कार्यलय भित्रका कर्मचारी हरु आफु अनुकुल राख्ने चलन चली आएको भएता पनी मेलम्ची नगरपालिकाले भने पुर्बवत स्थितीमा नै कर्मचारी परिचालन गरिरहेको कारण पनी मेलमची नगरपालिका वित्तीय सुशासन जोखिम मूल्यांकन गुणस्तर परीक्षणमा जिल्लाभित्र प्रथम हुनुका साथै वाग्मती प्रदेशमा दोस्रो र नेपालमा नै टपटेन स्थानमा पर्न सफल भएको बताउँनु भयो । यसअघि नगरपालिकाले सुरु गरेका कामको निरन्तरताका साथमा थप नयाँ र फरक कार्यक्रम सञ्चालन गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । नगर प्रमुख आइतमान तामाङ्ग द्धारा प्रस्तुत कार्य प्रगती बिबरणमा भवन निर्माणतर्फ वडा नं. ३, ८, १० र १३ को वडा कार्यालय निर्माण सम्पन्न भएको, दुई सामुदायिक भवन निर्माण सम्पन्न, पाँच वटा गुम्बा, चार वटा मन्दिर, १२ वटा चिहानघाट, एक बुद्ध मूर्ति र एक झाँक्री मूर्ति निर्माण सम्पन्न भएको छ भने केही निर्माणाधीन छन् । सडक ढलान, ग्राभेल, नयाँ सडक बनाउने कामका साथै पक्की सडक नाली, कल्भर्ट निर्माण आदि काम पनि सम्पन्न भएको छ । २५ खानेपानी योजनामार्फत एक सय ८२ धारा निर्माण गरी ८५ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी सेवा पु¥याइएको, सिँचाइका लागि साढे दुई किलोमिटर पक्की कुलो निर्माण गरिएको उपलब्धिमा उल्लेख गरिएको छ ।
धार्मिक पर्यटन प्रवद्र्धनका लागि धौलेमा प्रवेशद्वार, मन्दिर, सत्तर र पोखरी निर्माण भएको छ, गुफाडाँडामा सामुदयिक भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिएको छ । छ सय छ वटा योजनामध्ये एक सय ९५ योजना सम्पन्न भएका छन् । कक्षा ७ र ८ का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था, प्रधानाध्यापकलाई थप भत्ताको व्यवस्था गरिएको छ । न्यून आय भएका एक सया छ जना किसानलाई आयआर्जन बढाउन भैँसीपालन, बंगुपालन र बाख्रापालनका लागि सहयोग गरिएको छ । पशु सुत्केरी भत्ता, साझेदारी कार्यक्रम, कृषि औजार, बिउ, टनेल आदि वितरण गरिएको छ । सहकारीसँगको साझेदारीमा कोल्डस्टोर पनि निर्माण भइरहेको जानकारी दिइएको छ ।
चालु आर्थिक वर्षमा केही नयाँ कामको सुरुवात गरिएको नगर प्रमुख तामाङले जानकारी दिनुभयो । यस्ता कार्यक्रममा कक्षा ९ देखि १२ सम्म चार जनालाई सिभिल इन्जिनियरिङ, र दुई जनालाई कृषि विज्ञान विषयमा डिप्लोमा अध्ययनका लागि छात्रवृत्ति व्यवस्था गरिएको, गर्भवती तथा सुत्केरीलाई पालिकाभित्रको प्रजनन् केन्द्रमा आउनजान तथा अन्य संस्थामा रेफर गरिएमा जानका लागि निःशुल्क एम्बुलेन्स सेवा, तीन विद्यालयमा नमुना विद्यालय कृषि कार्यक्रम रहेका छन् ।यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरिएको, आठ वटा विद्यालयमा पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिएको, स्थानीय आपतकालीन केन्द्र स्थापना तथा सञ्चालन गरिएको, वडैपिच्छे कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिएको पनि नयाँ कार्यक्रमको रुपमा प्रस्तुत गरिएको छ ।प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले पञ्चवर्षीय योजना प्रस्तुत गर्दै सुन्दर, आत्मनिर्भर र समृद्धशाली मेलम्ची नगरका लागि सवा आठ अर्ब खर्च अनुमान गरिएको जानकारी दिनुभयो । नगरको रुपान्तरणकारी योजनाको रुपमा भोटेचौर तपचुली क्षेत्र, धौले तथा गुफाडाँडा, थानाभन्ज्याङगढी क्षेत्रलाई अन्तरआबद्धता गर्दै साहसिक तथा मनोरम पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने रहेको छ । साथै सिन्धुखोला क्षेत्रमा जलाशय निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, पालिकाको सम्भाव्य उच्च क्षेत्रमा नमुना आवासीय माध्यमिक विद्यालय स्थापना गर्ने, मेलम्ची बजारमा स्थानीय संस्कृति, भाषा, खानाको प्रवद्र्धन गर्दै होमस्टे सञ्चालन गरी यहाँबाट सुरु हुने विभिन्न पदमार्गको प्रवेशविन्दुका रुपमा विकास गर्ने रहेको छ ।
वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको समेत उपस्थितिमा भएको सो कार्यक्रममा नगर उपप्रमुख उमा प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल पत्रकार महासंघ केन्द्रीय प्रतिनीधी परिषदको सदस्य ज्ञानेन्द्र तिमल्सिना, नेपाल पत्रकार महासघं सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, उपाध्यक्ष दिनेस थापा, रेडीयो मेलम्चीका डम्बर रसीक भारी लगाएतले नगरपालिकाकाले एक बर्ष गरेका कामहरुका बारेमा जानकारी दिदै यसर आगामी बर्ष काम गनृका लागी सुझाब समेत मागेकोमा नगर प्रमुखलाइ बिशेष धन्यबाद दिदै उपलब्धी गरेका धेरै कामहरु प्रतिबेदनमा छुटेका ले आगामी बर्षहरुमा यसलाइ समेट्न पर्ने सुझाबहरु राख्नु भएको थियो । पत्रकारहरुले उठाएका जिज्ञासामा जवाफ दिँदै नगर प्रमुख तामाङले स्रोतले भ्याएसम्म आमसमुदायको हितका लागि कार्यक्रम ल्याएको र आगामी दिनमा पनि जनमुखी कार्यक्रम ल्याउने बताउनुभयो । कार्यक्रममा सहभागी वडा अध्यक्ष तथा सदस्यहरले सबैलाइ बोलाएर यसरी नगरले गरेको कार्यहरुको बारेमा जानकारी गराउँदा पारदर्शीता त छदैछ कँही कतै कमी कमजोरी भएको खण्डमा त्यसलाइ सुधार गर्न समेत यस कार्यक्रमले सहजीकरण गरेको र यो कार्यक्रमका कारण मेलम्ची नगरपालिका देशकै नमुना बन्न सक्ने बताउँनु भयो ।
