सम्पर्क

मेलम्चीमा अपाङ्गताहरुलाई साबुनका साथै मौरी सहितको घार

अपाङ्गता भएका ब्यक्तिहरुलाईसीप विकासको लागी डल्लो साबुन बनाउने तालिम मेलम्ची १२ बाहुनेपाटीमा सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्दै नगरप्रमुख आइतमान तामाङले आफ्नो दक्षता र क्षमताको प्रर्दशन गर्न आग्रह गर्नुभयो । उहाँले सकेको काम मिहेनत गरेर गर्न आग्रह गर्दै ब्यबशायीक रुपमा साबनको उत्पादन गरेमा बजार ब्यबस्थापनको जिम्मा नगरपालिकाले लिने बताउनुभयो ।नगर प्रमुख तामाङले नगरपालिकाको कोशेली घर सञ्चालन गरि त्यहाँबाट बजारमा उत्पादन हुने सामाग्रीहरुको बिक्रिवितरण गरिने उल्लेख गर्नुभयो । अपाङ्गता भएका ब्यक्तिहरुको सिप विकासका लागि नगरपालिकाले विभिन्न कार्यत्र,म गरिरहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तालिममा नगरभित्रका अपाङ्गता भएका २९ जना ब्यक्तिहरुको सहभागिता रहेको नगर अपाङ्ग सञ्जालका अध्यक्ष सोम दुलालले जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर १२का वडा अध्यक्ष गणेश तामाङ, प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल, लगायतको उपस्थिती रहेको नगरपालिकाकी कर्मचारी अम्बीका डोटेलले जानकारी दिनुभयो । यसै गरी अपाङ्गता अधिकार मञ्च मेलम्ची नगरको आयोजना र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आज अपाङ्गता भएका ब्यक्तिहरुलाई एकदिने मौरी पालन सम्बन्धी तालिम तथा मौरी सहितको घार वितरण गरिएको छ । अपाङ्गता भएको ७ जनालाई मौरीघार वितरण गरिएको नगर अपाङ्ग सञ्जाल मेलम्चीका अध्यक्ष सोम दुलालले जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर ११का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले अपाङ्ता भएका ब्यक्तिहरुलाई यसले केहि आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । तालिमको सहजिकरण भवनाथ दुलालले गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १,२,३ र ११ का वडा अध्यक्ष तथा प्रशासकिय अधिकृत झपेन्द्र खरेल लगायतको उपस्थिती रहेको थियो ।