पृथ्वीजंग पाण्डे/पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिका –४ पिस्करमा शैक्षिक सामग्री निर्माण कार्यशाला शनिबार सम्पन्न भएको छ । महादेवश्वरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र त्रिपुरासुन्दरी शिक्षा शाखाको समन्वयमा भएको दुई दिने तालिम शुक्रबार बाट सुरु भएको थियो । वडा अध्यक्ष टेकबहादुर गुभाजुले तालीमको उद्घाटन गर्नुभएको थियो भने शिक्षा शाखा प्रमुख शालीकराम घिमिरे लगायत शैक्षिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो । पिस्करभरका सबै विद्यालयका २४ जना शिक्षकहरुले शैक्षिक सामग्री निर्माण कार्यशालामा भाग लिएका थिए । मंगलामाई माबी पिस्करमा भएको कार्यशालामा कक्षा वालबिकास देखि माध्यमिक तह सम्म अध्यापन गराउदा प्रयोग गर्न मिल्ने शैक्षिक सामग्रीको निर्माण गर्न सहजकर्ता नमराज भण्डारी र सुर्य पौडेलले सहजीकरण गर्नुभएको थियो । महादेवश्वरी बचत तथा ऋण सहकारीका पुर्व अध्यक्ष तथा लेखा सुपरिवेक्षक समितिका संयोजक सुर्य पौडेलका अनुसार सहकारीले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएकोमा बालबालिकाको हकहितको लागि पठनपाठनमा शैक्षिक सामग्रीले महत्वपूर्ण सहयोग पुर्याउने भएकोले शिक्षा शाखासँग समन्वय गरि शिक्षक लाई तालिम दिएको बताउनुभयो ।
सहकारीका अध्यक्ष मानकुमार थामीको अनुसार सहकारी र शिक्षा संग संगै हुदा प्रभाबकारी हुने भएकोले शिक्षामा दीगो सिकाइ गर्न तालिम दिएको बताउनु भयो । सेतीदेवी आबि कुराथली, जनशिक्षा आबि मुलावारी,जनसहयोग आबि बैती, जनता आबि जलजले र मंगलामाइ माबी पिस्करका बालबिकास केन्द्र देखि माध्यमिक तह सम्म अध्यापन गर्ने शिक्षकहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।
