स्थानीय स्तरमा नै रोजगारको व्यवस्था गरी स्थानीय स्तरमा खेती गरी उत्पादन मुलक काम गर्ने कृषकको श्रमलाई उच्च सम्मान गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ । उहाँले नेत्रज्योती कृषी सहकारी संस्थाद्धारा आयोजित बाँझो जग्गामा खेती गर्ने सम्बन्धी अन्तरक्रीया कार्यक्रमको उद्धघाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । कार्यक्रममा नगर प्रमुख सापकोटाले नगरपालिकाका सबै नागरिक समान हुन केही आफ्नो कोही अर्काको छैनन त्यसैले सबैलाई समान रुपले आफुले सकेको सहयोग गरिरहने बताउँदै चौतारा साँगाचोकगढी नगरपालिकालाई कृषी पकेट नगर बनाउँन लागी पर्नु पर्ने बताउँनु भयो । अनुदान होइन श्रमदान गरौ भन्ने मुल नाराका साथ नेत्रज्योती कृषी सहकारी संस्थाले चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. १४ मा गरेको कार्यक्रममा सापकोटाले अरु क्षेत्र भन्दा कृषी सेवालाई नगरपालिकाकले बिशेष प्राथमिकतामा राखेर सहयोग गरिरहेको स्पष्ट पार्नु भयो । कार्यक्रमका बिशेष अतिथी वडा नं. १४ का अध्यक्ष उद्धब प्रसाद नेपालले अनुदान लिदा वा दिदा दोहोरो नपरोस भन्दै आफुहरु चनाखो रहेर काम गरिरहेको र वडा नं. १४ बिशेषगरी कृषी उत्पादनमा पहिलो स्थानमा रहेकाले वडामा रहेका बाँझो जग्गालाई खेती योग्य बनाउँन सबैमा सहयोगको अपेच्छा गरेको बताउँनु भयो । पुर्ब वडा अध्यक्ष समेत रहनु भएका जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेर बहादुर श्रेष्ठले नेत्र ज्योती कृषी सहकारी संस्थाले शुरु गरेको अभीयानलाई बिशेष धन्यबाद दिदै अनुदानमा पक्षपात गर्न नहुने बताउँनु भयो । जनहित दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तथा प्रधानध्यापक बद्री प्रसाद नेपालले सहकारीले ल्याएको अभियानलाइ बिशेष धन्यबाद दिदै नयाँ नयाँ कामको खोजी गरेर सुरु गर्ने यस्ता ब्यक्तीहरुलाई सहयोग र सम्मान गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा सुर्य प्रकाश श्रेष्ठले कृषी सुचना केन्द्रको स्थापनाको आवश्यकताका बारेमा जानकारी गराउँनु भएको थियो भने मनीस श्रेष्ठले जैबीक मल प्रयोगका बारेमा जानकारी गराउँनु भएको थियो । सो अबसरमा सहकारी स्थापनाका लागी सहयोग गर्र्देै कृषी उत्पादन मुलक कार्यमा बिशेष योगदान गर्नु हुने तत्कालीन गा.बि.स. सचिव हाल नगर सहकारी शाखाका प्रमुख दुर्गा प्रसाद ढुङ्गेललाइ बिशेष सम्मान गरिएको थियो ।
उक्त अबसरमा कृषी ज्ञान केन्द्रबाट ५० प्रतिशत अनुदानमा प्राप्त तिन वटा मिनी टिलर, नगर बाटअनुदान प्राप्त कृषी सामाग्री हरु ३० प्रतिशत अनुदानको काउली, बन्दाकोपी तथा गोलभेडाको बिउ समेत नगर प्रमुखको प्रमुख अतिथ्यतामा सहकारीद्धारा बितरण गरिएको थियो । संस्थाको अध्यक्ष राम बहादुर तामाङको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन गर्दै संस्थाका सचिब नेत्र बहादुर बस्नेतले पहँुच हुनेले बर्षे पिच्छे प्रबिधी अनुदान पाएको र नहुनेले नपाएको भन्दै प्रबिधी अनुदान नै बन्द गरेर श्रमदानको ब्यवस्था गर्न पर्ने बताउँनु भयो । स्थानीय स्तरमा उत्पादीत मकै , भटमास, बदाम, र गहुका साथमा गुन्द्रुकको अचारको खाजा ब्यवस्था गरेकोमा सहभागहिरुले खुशी ब्यक्त गरेका थिए ।
