स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले संघीय अस्पतालहरुमा हुने अनाबश्यक खर्च रोक लगाउँने बताृानु भएको छ । यसका लागी उँहाले अस्पतालमा कार्यरत कर्मचारीहरुको विवरण १५ दिन भित्र दिन बुझाउन समेत निर्देशन दिनु भएको छ। शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री बस्नेतले यस्तो निर्देशन दिनजु भएको हो । 
उँहाले जथाभाबी स्वास्थ्य उपकरण किन्ने अस्पताललाई सरकारले ठाउँ र जनशक्ति नभएर पनि उपकरण किनेका अस्पताललाई स्पष्टीकरण सोध्नउहाँले बताउँनु भयो । उपकरण खरिद गरिसकेका सामान बेवारिसे बनाएर नराख्न र स्वास्थ्य सेवा विभागलाई खरिद एवम् वितरणमा थप व्यवस्थित गर्न निर्देशन दिने सगँै प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने पनि बताउनुभयो ।
मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिई ओपीडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको बताउनुभयो । दुई वर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग हुन नसकेका सामान स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकताअनुसार अरू अस्पतालमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि उल्लेख गर्नुभयो ।

साथै वैदेशिक भ्रमणलाई वैज्ञानिक एवम् ब्यवस्थीत गर्न चालु आर्थिक वर्षमा विदेश भ्रमणमा गएका कर्माचारीको नामावली ,सहयोग निकाय ,भ्रमणबाट भएका उपलब्धी गएको देश समेतको विवरण ७ दिनभित्र अध्यावधिक गर्ने उल्लेख छ ।
उँहाले ले कतिपय अस्पतालले जथाभावी रुपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको भन्दै अब खरिद गर्दा न्युनतम सेवा मापदण्डले औंल्याएअनुसारका उपकरणहरु मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागू गर्नेपनि बताएानु भयो ।
