सम्पर्क

चौतारा काँग्रेसले १४वटै वडाहरुमा भेला आयोजना गर्ने

 

नेपाली काँग्रेस चौतारासाँगाचोकगढी नगर पालिका पार्टीकोे नगरमा निर्बचित वडा अध्यक्ष, वडा पाटी सभापतीहरु,र नगरकार्यसमिततीका पदाधिकारीहरु सहीतको सयुक्त बैठक बसेको छ । शुक्रबार बिपी स्मृती भवन चौतारामा नगर सभापती इन्द्रलोचन धितालको सभापतित्वमा भएको बैठकले पाटी जिल्लाको निर्देशन अनुसार जेष्ठ २० गते भित्र सबै वडाहरुमा कार्यकर्ता भेला गरि सक्ने भएको छ । जस अनुसार वडा नं १,२,३,६ मा जेष्ठ १३गते दिउँसो र वडा नं ३,४र ८मा १३गते बिहान भेला बोलाइएको छ । यसै गरी वडा नं ५मा ७गते दिउँसो, वडा नं ९मा ६गतेयसै गरी वडा नं ७,११,र१४नं वडामा १५ गते बिहान र वडा नं १०र १२मा १५ गते दिउँसो र वडा नं १३ मा २० गते भेला बोलाउँने निर्णय भएको नगर सचिब भगवान खड्काले जानकारी दिनु भयो । बैठकमा पुर्ब जिल्ला पाटी सचिब झलक नेपालले नेपाली काँग्रेसले बिगतका दिन हरुमा पनी अनियमितता र भ्रष्टचार गर्नेलाइ बचाउँने कुनै पनी कदम नचालेको र अहीले पनी त्यस्तो काम नगर्ने भएको हँदा यो पाटी स्वच्छ रहेको बताउँनु भयो । उँहाले कार्यकर्ता नेता मुखी भन्दा पनी पाटी मुखी बनेर पाटीको बिद्यान,निर्देशीका भित्र रहेर काम गर्न पर्ने बेला आएको भन्दै आगामी निर्बाचनका लागी अहीले देखी नै पाटी परिचालन हुन पर्ने, अबिधेशनका बेला मात्र हान थाप गर्ने होइन अघीपछी कार्यकर्ताको मनो भावना अनुसार काम गरेर जनताको पक्षमा रहेर काम गर्न पर्ने बेला भएको बताउँनु भयो । वडा नं ८का निर्बाचित वडा अध्यक्ष समेत रहनु भएका नेपाली काँग्रेस का नेता अमृत दङ्गालले नगरमा पाटीको उपस्थितीलाइ बलीयो बनाएर नगरपालीकाको राम्रो कामको प्रशंसा र नराम्रो कामको बिरोध गर्न पर्ने बताउँनु भयो । बैठकमा पाटीसभापती धितालले बिकासका लागी नेपाली काग्रेसलाइ नागरिकले बिश्वास गरेको बताउँदै उक्त बिश्वास गुम्न नदीन सबै एक भएर लाग्न पर्ने बताउँनु भयो । बैठकले सघीय सरकार समक्ष हरेक वडाको एक एक योजना का लागगी बजेटको ब्यवस्था गर्न क्षत्रीय कार्यसमितीलाइ माग सिफारिस गरेको समेत पाटी सचिब खड्काले जानकारी दिनु भयो ।