सम्पर्क

ब्रेकिङ न्युज १

बालमैत्री घोषणाको पुर्व तयारीको लागी १ दिने अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणाको पुर्व तयारीको लागी एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । वालमैत्री वडा घोषणाको लागि वालमैत्री स्थानीय शासनको लागी न्युनतम सुचकहरुलाई पुरा गर्नका लागी स्वास्थ्य कर्मी ,शिक्षक , विद्यालय व्यवस्थापन समिति र वालसञ्जालले खेल्न सक्ने भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । सोमबार नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । बालमैत्री स्थानीय तह घोषणाको लागी स्वास्थ्य संस्था र शैक्षिक संस्थाको भुमिका महत्वपुर्ण हुने हुदा यस सँग सम्बन्धीत सबै जिम्मेवार भएर लाग्नु पर्ने उपप्रमुख सिता थापाले बताउँनु भयो । अधिकार र कर्तव्यको पालनलाई बालबालिकाको उच्चतम हितलाई ध्यानमा राखेर कतिबिधि सञ्चालन गर्नुपर्ने सहभागीहरुको जोड थियो । चौतारा सागाँचोकगढी ...

स्वास्थ शिविरबाट स्थानीयले पाए गाउँमा नै सेवा

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे /पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ टेकानपुर स्वास्थ चौकीमा शनिबार बृहत स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरिएको छ । विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र (ज्च्म्ऋ) बनेपा , नेपाल कोरियन अस्पतालका भ्ल्त् डाक्टरहरु र त्रिपरासुन्दरी गाउँपालिका संगको संयुक्त आयोजनामा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य जाँच तथा पुनर्स्थापना घुम्ती शिविर सम्पन्न भएको हो । स्वास्थ शिविर कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वोज बोहराबाट शुभारम्भ गरिएको थियो भने वडा न ६ का वडा अध्यक्ष रमेश बोहरा लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा स्वास्थ शिविर भएको थियो । स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहका अनुसार स्वास्थ शिविरबाट नाक, कान घाटीको समस्या ,हाडजोर्नी, बाङ्गो,खुस्कीएको,हड्डी पाकेर पिप निस्केको, जोर्नी दुख्नेसुन्नीने, र आगोले पोलेर अपाङ्गता आदी समस्या ...

सिन्धुपाल्चोकका विभिन्न स्थानमा मनाईयो धान दिवस

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाएको मनाईएको छ । मेलम्ची नगरपालिकाले ज्यामिरेको दोवाटे सल्लाघारी फाँटमा राष्ट्रिय धान दिवस मनाएको छ । सोही अवसरमा सातकन्या माध्यामिक विद्यालयमा अन्तर सदनात्मक असारे गित प्रतियोगिता समेत गरिएको थियो । रोपाइँ कार्यक्रममा नगरपालिकाभित्रका जनप्रतिनिधी विभिन्न विद्यालयका विद्यार्थी तथा सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । धान रोपाइँ गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख आईतमान तामाङले कृषि क्षेत्रको विकासका लागि आफू प्रमुख भएदेखि काम गरिरहेको बताउनुभयो । सिँचाइ नपुगेका ठाउँमा सिञ्चित गर्ने, कृषि उपकरण   अनुदानमा वितरण गर्ने, दूध, मल र बीउमा अनुदान दिनेलगायत काम भएको उहाँको भनाइ छ । तामाङले भन्नुभयो, “कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि नगपालिकाले कृषकलाई बीउ, उपकरणलगायत सामग्रीमा सहयोग गरिरहेको छ ।” कृषि क्षेत्रको विकासका...

वन्यजन्तुबाट बाली जोगाउन तारबार

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका – ११ ले जंगली जनावरबाट बालीनाली जोगाउन तारबार लगाउन सुरु गरेको छ । वडाभित्र पर्ने जंगल छेउका बस्तीहरुमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले दुःख दिनथालेपछि वडाले बस्ती तथा खेतबारीको छेउमा तारबार लगाउन थालेको हो । यस क्षेत्रमा वर्षौदेखि जंगली जनावरले दुःख दिँदै आएको छ । जंगल नजिकै रहेको खेतमा रातको समयमा जंगली जनावर पसेर बाली नास गर्ने गरेको स्थानीय किसान विष्णु पराजुलीले बताउनुभयो । ‘जंगलको छेउमा खेत छ,’ उहाँले भन्नुभयो, ‘जे लगाए पनि जंगली जनावरलाई ठिक्क, बाली त उठाउनै पाइँदैन ।’ किसानको बाध्यता बुझेपछि वडाले यो बर्ष परिक्षणका रुपमा तारबार सुरु गरेको अध्यक्ष रोशन गिरीले बताउनुभयो । उहाँका अनुसार वडाले नगरपालिकासँगको समन्वयमा ७ लाख रुपैंया खर्चिएर चार टन जे आई र काँडेतार किनेर तारबार गरिएको हो । यस वर्ष लगाइएको छेकबारको कामले जंगली जनावर...

स्वास्थ्य मन्त्री बस्नेतद्वारा मासुनागा आँखा अस्पतालको निरीक्षण

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बनेपा ६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गर्नु भएको छ । बिहिबार निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका बिषयमा जानकारी लिनु भएको थियो उहाँले समुदायमा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्न अस्पताल सञ्चालक समितिका सदस्यहरु र अस्पतालका स्वास्थ्यकर्मीलाई सल्लाह दिनु भएको थियो । मन्त्री बस्नेतले उपचारका लागि आउनु भएका विरामी र उहाँहरुका आफन्तसँग उपचार सेवाका बिषयमा कुराकानी समेत गर्नु भएको थियो । अस्पतालले स्वास्थ्य विमा कार्यक्रम मार्फत पनि उपचार प्रदान गरिरहेको अस्पताल सञ्चालक समितिका महासचिव हीरामणी शर्माले मन्त्री बस्नेतलाई जानकारी दिनु भएको थियो ।...

स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा, औषधि आपूर्ति, उपचार प्रक्रिया सरल बनाइ दक्ष जनशक्तिको व्यवस्थापन गर्न समेत निर्देशन दिनुभयो । समितिले सुर्तिजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट सङ्कलित रकम स्वास्थ्य उपचार र जनस्वास्थ्य सेवाका कार्यक्रममा खर्च गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा सुधार गर्न आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रम चुस्तदुरुस्त बनाउन नसकेको स्वीकार गर्छौँ । कमीकमजोरीलाई चाँडोभन्दा चाँडो सु...

नजिक भयो स्याउँको गाउँ

ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी/ हेलम्बु आन्तरिक तथा बाह्य पर्यटकका लागि परिचित हेलम्बु सडक यातायातले नजिक बन्दै गएको छ । केही वर्ष अगाडिसम्म ३ दिन लाग्ने हेलम्बुको यात्रा अहिले एक दिनमा छोटिएको छ । यसले विदेशी मात्रै होईन , आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तब्य बन्दै गएको छ हेलम्बु । तिन दशक पहिले हेलम्बुलाई स्याउँको गाउँ भनेर चिनिन्थ्यो तर अहिले हेलम्बु तिब्बती संस्कृतिले सजिएको गुम्बाको गाउँ बन्न थालेको छ । यस क्षेत्रको नुर्बुङ गाउँमा बिस्तार हुँदै गएको अलैँचीको खेतीले पनि यस क्षेत्रलाई नयाँ नाम दिन थालेको स्थानियबासिन्दा बताउँछन् । १० वर्षअघि सुरु भएको अलैँचिखेती यहाँका बासिन्दाको प्रमुख नगदेबाली समेत बनेको छ । अलैँचीखेती नै जिविकोपार्जनको स्रोत बनेको नुर्बुङ गाउँका किसान गोपी भण्डारी बताउँनुहुन्छ । नुर्बुङमा अलैँचीका लागी उपयुक्त बातावरण , ओसिलो र चिसो ठाउँ भएकाले यसको खेतिमा स्थानियवासिन्दाको आकर्षण ...

बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन ः मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सवै मिलेर जानुपर्ने बताउनु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री बस्नेतले सवै जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुनुपर्ने बताउँनुहुँदै वजेट निर्माण र यसको कार्यान्वयनमा सजग हुनुपर्नेमा जोड दिनुभयो । “हामि जनताका सेवक भएकाले भ्रष्टाचार मुक्त समाज बनाउन सवै लाग्नु पर्छ, यसका लागि आफु सजग छु र अरूलाई समेत सजग हुन आग्रह गर्दछु “ उहाँले बताउनुभयो । संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ र शिक्षा जस्ता क्षेत्र सवै नागरिकमा सर्वसुलभ बनाउन आफु लागि परेको बताउनुहुँदै सवै नागरिकमा आधारभुत सेवाको प्रत्याभुति हुनेगरि काम गरिने बताउनुभयो । कार्यक्र...

सिन्धु काँग्रेस पूर्व सभापती लामाको निधन

ब्रेकिङ न्युज १, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाका पूर्व सभापति विकास लामाको उपचारको क्रममा निधन भएको छ । विगत लामो समयदेखी क्यानसर पिडित ६४ बर्षिय लामाको शुक्रबार राती काठमाडौंको बिर अस्पतालमा निधन भएको हो । यसअघि छाला रोगबाट पीडित लामाको थाइल्याण्डमा समेत उपचार गरिएको थियो । विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भुमिका निर्वाह गर्दै आउनुभएको लामा तेह्रौं महाधिबेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतीमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसमा एउटा सादगी नेताको रुपमा परिचित लामा काँग्रेसको चौधौं महाधिबेशनमा शेखर कोइराला समुहबाट सह महामन्त्रीका प्रत्यासी हुनुहुन्थ्यो । लामाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीकालागी शनिबार दिनभर काठमाडौं बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाह संस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति जंग बहादुर लामाले जानकारी दिन...

चौसाँगढीको बजेट एक अरब चौबिस करोड बाउन्न लाख

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो १४औ नगर सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेस र नेकपा एमाले निकट जन प्रतिनिधीहरुले असक्षम नगर सल्लाहकार चाहिदैन,१२ औ नगरसभा अघिको सहमती तोडनु धोका हो,समानान्तर सरकारको अभ्यास गलत हो,बिभेदकारी बजेट बन्द गर,कार्यकर्ता पोस्ने तोक आदेश बन्द गर,२ करोडको वडागत सिलिङ कायम गर,विषयगत बजेट ब्रेकडाउन गर, जस्ता नाराहरु लगाउँदै नगर सभा अबरोध गरेका थिए भने नेकपा माओबादी निकट वडाअध्उक्ष रामप्रसाद गौतम रोषन गिरी लगाएतले नगर सभा सञ्चालन गर्न अनुरोध गरिरहनु भएको थियो । यसरी नगर पालिकामा रहेको १४ वटा वडा मध्य ८ वटा वडाका वडाअध्यक्ष सहतिका जन प्रतिनिधीहरुले नाराबाजी गरिरहेपछी नगर उप प्रमुख सिता थापाले पटक पटक बस्न आग्रह गर्दै निती तथा कायृक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । नगर प्रमुखको आदेश अनुसार निती तथा कार्यक्रम प्रस्तुत गर्दै उप प्रमुख थापाले आगामी आर्थिक वर्ष ०८०...