सम्पर्क

सिन्धु काँग्रेस पूर्व सभापती लामाको निधन

नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाका पूर्व सभापति विकास लामाको उपचारको क्रममा निधन भएको छ । विगत लामो समयदेखी क्यानसर पिडित ६४ बर्षिय लामाको शुक्रबार राती काठमाडौंको बिर अस्पतालमा निधन भएको हो । यसअघि छाला रोगबाट पीडित लामाको थाइल्याण्डमा समेत उपचार गरिएको थियो । विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भुमिका निर्वाह गर्दै आउनुभएको लामा तेह्रौं महाधिबेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतीमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसमा एउटा सादगी नेताको रुपमा परिचित लामा काँग्रेसको चौधौं महाधिबेशनमा शेखर कोइराला समुहबाट सह महामन्त्रीका प्रत्यासी हुनुहुन्थ्यो ।
लामाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीकालागी शनिबार दिनभर काठमाडौं बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाह संस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति जंग बहादुर लामाले जानकारी दिनुभयो । मृतक लामाको एक श्रीमती दुई छोरा र चार छोरी छन् । उहाँको कान्छी श्रीमतीको भने यस अघीनै मृत्यु भइसकेको छ ।