पृथ्वीजंग पाण्डे /पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ टेकानपुर स्वास्थ चौकीमा शनिबार बृहत स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरिएको छ । विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र (ज्च्म्ऋ) बनेपा , नेपाल कोरियन अस्पतालका भ्ल्त् डाक्टरहरु र त्रिपरासुन्दरी गाउँपालिका संगको संयुक्त आयोजनामा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य जाँच तथा पुनर्स्थापना घुम्ती शिविर सम्पन्न भएको हो । स्वास्थ शिविर कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वोज बोहराबाट शुभारम्भ गरिएको थियो भने वडा न ६ का वडा अध्यक्ष रमेश बोहरा लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा स्वास्थ शिविर भएको थियो । स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहका अनुसार स्वास्थ शिविरबाट नाक, कान घाटीको समस्या ,हाडजोर्नी, बाङ्गो,खुस्कीएको,हड्डी पाकेर पिप निस्केको, जोर्नी दुख्नेसुन्नीने, र आगोले पोलेर अपाङ्गता आदी समस्या भएका बिरामीहरुले उपचार पाएका छन् । अपांगता भएका व्यक्तिहरुलाइ स्वास्थ जांच तथा परामर्श दिइएको थियो । बैशाखी, ह्विलचेयर ,कान सुन्ने मेसिन वितरण समेत गरिएको थियो ।
वडा न ६ टेकानपुरमा करीब एक सय जना बढिले स्वास्थ सेवा प्राप्त गरेका छन् । त्यसैगरी शुक्रबार नै त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ स्थित चोकटी स्वास्थ्य चौकीमा गाउँपालिकाको उपाध्यक्ष गिताकुमारी नेपालको प्रमुख आतिथ्यता, वडा न २ चोकटीका वडा अध्यक्ष रमेश राउतको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाहको उपस्थितिमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य जाँच तथा पुनर्स्थापना घुम्ती शिविर सम्पन्न भएको थियो । चोकटीमा एक सय चार जनाले स्वास्थ शिविरवाट सेवा लिएका थिए ।
