रुपक पुरी/ हेलम्बु
आन्तरिक तथा बाह्य पर्यटकका लागि परिचित हेलम्बु सडक यातायातले नजिक बन्दै गएको छ । केही वर्ष अगाडिसम्म ३ दिन लाग्ने हेलम्बुको यात्रा अहिले एक दिनमा छोटिएको छ । यसले विदेशी मात्रै होईन , आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तब्य बन्दै गएको छ हेलम्बु ।
तिन दशक पहिले हेलम्बुलाई स्याउँको गाउँ भनेर चिनिन्थ्यो तर अहिले हेलम्बु तिब्बती संस्कृतिले सजिएको गुम्बाको गाउँ बन्न थालेको छ । यस क्षेत्रको नुर्बुङ गाउँमा बिस्तार हुँदै गएको अलैँचीको खेतीले पनि यस क्षेत्रलाई नयाँ नाम दिन थालेको स्थानियबासिन्दा बताउँछन् । १० वर्षअघि सुरु भएको अलैँचिखेती यहाँका बासिन्दाको प्रमुख नगदेबाली समेत बनेको छ । अलैँचीखेती नै जिविकोपार्जनको स्रोत बनेको नुर्बुङ गाउँका किसान गोपी भण्डारी बताउँनुहुन्छ । नुर्बुङमा अलैँचीका लागी उपयुक्त बातावरण , ओसिलो र चिसो ठाउँ भएकाले यसको खेतिमा स्थानियवासिन्दाको आकर्षण बढ्दै गएको हो । सडक यातायातको विकासले नजिक हुँदै गएको हेलम्बुको परिचित तार्केघ्याङ गुम्वामा भ्रमणमा जाने आन्तरिक पर्यटकले यस क्षेत्रलाई रुचाएका छन् । हेलम्बुका हरेका वडामा ३ देखी ५ वटासम्म गुम्बा छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने बौद्ध गुम्बा ,स्थानिय कलासँस्कृति , आमायाङ्ग्री पर्वत, मेलम्चीघ्याङ, सूर्य पिक, लाक्पादोर्जे हिमाल , ग्रेट टेल र लाङटाङ राष्ट्रिय निकुञ्ज पनि हेलम्बुका विशेषता बनेका छन् ।
आकषर््क चिरिगुम्बा यस क्षेत्रकै सबैभन्दा ठुलो र पुरानो गुम्बा हो । यस क्षेत्रमा पुग्ने प्रायः सबै आनतरिक तथा बाह्य पर्यटकले गुम्बाको भ्रमण गर्ने गरेका छन् । गुम्बा बाह्य पर्यटकहरुका लागि अनुसन्धान केन्द्रको रुपमा किास भएको छ । यस क्षेत्रमा आउने पर्यटकका लागी होमस्टेको ब्यवस्था मिलाईएको छ । यसले पर्यटकको बसाईलाई अझ सहज बनाएको गुम्बा सँरक्षण समितिका अध्यक्ष केईसाङ लामा बताउनुहुन्छ ।
