काठमाडौं ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले रचनात्मक कार्यक्रम गर्दै आफ्नो ४४ औँ स्थापना दिवस देशभर मनाएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, हाजिरीजबाफ प्रतियोगिता, बसपार्क सरसफाइ, निःशूल्क आँखा शिविर, नो ड्रग्स अभियान, आश्रममा खाद्यान्न सहयोग, उत्कृष्ट चालक सम्मान, श्रमिकहरुलाई राहत वितरण र दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
संगठनको स्थापना दिवसको अवसरमा विभिन्न कमिटीहरुले गरेको रक्तदान कार्यक्रममा ४ सय १३ यातायात श्रमिकहरुले रक्तदान गरेका छन् । रक्तदान गर्ने कमिटीहरुमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले ७४ पिन्ट, एयरपोर्ट मिटर तथा पर्यटन ट्याक्सी इकाई कमिटीको तर्फबाट ५९ पिन्ट, लुम्बिनी प्रदेश कमिटीको तर्फबाट ५४ पिन्ट रक्तदान गरिएको छ ।
त्यस्तै धरान उपमहानगर कमिटीको तर्फबाट ५३ पिन्ट, विर्तामोड नगर कमिटीको तर्फबाट ३० पिन्ट, सुदुरपश्चिम धनगढी इकाई कमिटीबाट २५ पिन्ट, दोलखा जिल्ला कमिटीको तर्फबाट २२ पिन्ट, कञ्चनपुर जिल्ला कमिटीको तर्फबाट १५ पिन्ट र दाङ जिल्ला कमिटीको तर्फबाट १३ पिन्ट गरी ४ सय १३ पिन्ट रक्तदान गरिएको हो ।
त्यस्तै संगठन पनौती नगर कमिटीले १० जना उत्कृष्ठ चालकहरु र संगठन पनौती रुट कमिटी स्थापना गर्दा योगदान गर्नु अग्रजहरुलाई सम्मान गरेको छ । संगठन बागमती प्रदेश कमिटीले अन्तर प्रदेश स्तरिय हाजिरीजबाफ प्रतियोगिता सञ्चालन गरेको छ । विजयीहरुलाई नगद सहित प्रमानमत्र र ट्रफि प्रदान गरेको छ ।
दाङले चालकहरुका लागि निःशूल्क आँखा शिविर सञ्चालन गरेको छ । संगठन मेची नगर कमिटीले काकडभिट्टामा लागु औषद्य दुव्र्यशन किट हस्तान्तरण कार्यक्रम गरेको छ । धनगढी ईन्धन ढुवानी गर्ने ट्याङ्कर इकाई कमिटीले चालकहरुलाई सम्मान गरेको छ । काठमाण्डौं सफा ट्याम्पो कमिटीले आफ्ना १८ जना सदस्यहरुलाई लाइसेन्स नविकरण तथा विरामी राहत हस्तान्तरण गरेको छ ।
संगठन सुदुरपश्चिम प्रदेश कमिटीले धनगढी बसपार्कमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ भने अस्पतालसंग यातायात श्रमिकहरुको उपचार सहुलियतका लागि सम्झौता गरेको छ ।
त्यस्तै मधेश प्रदेश कमिटीले राजविराज र जनकपुरमा आश्रममा खाद्यान्न हस्तान्तरण गरेको छ । त्यस्तै गण्डकी प्रदेश कमिटीले सडक दुर्घटना न्युनिकरण प्रशिक्षण र आश्रममा खाद्यान्न राहत वितरण गरेको छ ।
त्यसैगरी सातवटै प्रदेशका ४ सय ६७ वटा बसपार्कहरुमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका विभिन्न कमिटीहरुले सरसफाइ तथा साँझ बसपार्कहरुमा दिप प्रज्वलन गरेको छ ।
२०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना भएको २०८० साल असार ९ गते ४४ वर्ष पुरा गरेर ४५ वर्षमा पाइला टेकेको छ । सोही अवसरमा संगठनले देशव्यापी सन्देशमुलक कार्यक्रम गरेको संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो ।
संगठन स्थापना पछि भएका विभिन्न समयका आन्दोलनहरु ः
क. २०३६ सालमा १३ सुत्रिय माग राख्दै ७ दिन हड्ताल गर्दा कमल बुढाथोकी, छबिलाल लम्साल, रमेश बिष्ट र चन्द्रवहादुर श्रेष्ठ पक्राउ परेर बिराटनगरमा जेलजीवन विताउन बाध्य ।
ख. २०३७ सालमा ८ अञ्चलमा संगठन विस्तार भएपनि पञ्चायती सत्ताको षड्यन्त्रले छिन्नभिन्न रहेको संगठन २०४६ सालमा प्राप्त प्रजातन्त्रपछि २०४८ सालसम्म सबै अञ्चलमा विस्तार भइसकेको थियो । २०४८ मा संगठनले २४ सुत्रिय माग पेश गर्दै आह्वान गरेको देशव्यापी हड्ताल र २०५३ सालको चक्काजाम यातायात मजदुरहरुको शक्ति प्रदर्शन गर्ने आन्दोलन थियो ।
यही आन्दोलनका कारण सरकारले यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ जारी गर्न बाध्य भयो ।
ग. लाईसेन्स नविकरण शुल्क बृद्धि, यातायात श्रमिकहरुमाथी प्रशासनिक हैरानी, विभिन्न नाममा हुने शोषण र सास्ती विरुद्धको आन्दोलन र जनयुद्धका समय मजदुरहरुमाथिको मारमा संगठनले निर्वाह गरेको भूमिका अतुलनिय छ ।
घ. २०६२ ÷०६३ को १९ दिने दोस्रो जन आन्दोलनमा यातायात मजदुर प्रद्युन्न खड्का, अनिल तामाङ लगायतको वलिदानी यातायात मजदुरहरुले देशका लागि गरेको त्यागको उदाहरण हुन् । देशभर संगठनका सयौं नेता कार्यकर्ताहरु आन्दोलनमा सहभागी । दर्जनौं नेता कार्यकर्ताहरु पक्राउ तथा घाईते ।
ङ . लाईसेन्स लिन एसएलसी पास गर्नु पर्ने शैक्षिक मापदण्ड विरुद्ध संघर्ष संगठनको अगुवाइमा प्राप्त सफल्ता ।
च. लाइसेन्स निलम्बन र जरिवाना रकम वृद्धि बिरुद्धको संगठनले सञ्चालन गरेको संघर्ष आफैमा गर्व गर्न लायक छन् ।
छ. श्रमिकहरुका लागि निशुल्क स्वास्थ्य शिबिरहरु सञ्चालन । तथा सडक दुर्घटना न्युनिकरणका लागि देशव्यापी सडक सुरक्षा अभियान सञ्चालन ।
ज. जहाँ यातायात श्रमिक त्यहाँ संगठन अभियान अन्तरगत बसपार्क आधारित सदस्यता विस्तार र नविकरण अभियान सञ्चालन ।
झ. अन्तराष्ट्रिय यातायात मजदुर महासंघ (आईटिएफ) संगको सम्बन्धलाई बलियो बनाउदै विश्वमञ्चमा नेपाली यातायात श्रमिकहरुका एजेण्डालाई स्थापित गर्ने कामलाई निरन्तरता ।
ञ. लकडाउनका समय देशभरीका करिव २५ हजार मजदुर परिवारलाई निवासमा पुगेरखाद्यान्न सामग्री सहयोग ।
ट. निजी लगानी रहेको नेपालको अर्थतन्त्रको जग मानिएको यातायात क्षेत्रलाई औद्योगिकरण गर्न सरकारलाई निरन्तर दवाव ।
