सम्पर्क

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा सिम्पानीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका – ४ कुविण्डे सिम्पानीगाउँबाट शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गर्दै दिपेन्द्र सुवेदीलाई प्रतिनिधि नियुक्त गरिएको हो ।
सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०६ पुगेको छ ।
बैंकले व्यवसायिक प्रतिनिधिलाई स्थानियस्तरमा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको र व्यवसायिक प्रतिनिधिले बैंकले उपलब्ध गराएको विद्युतीय उपकरणको माध्यमबाट स्थानीय ग्राहकहरुलाई नगद कारोवार संग सम्वन्धित खाता खोल्न, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिन, खाता ब्यालेन्स सोधपुछ र खाता विवरण प्रिण्टिङ्ग, एक खाता बाट अर्को खातामा रकम स्थानान्तरण, कर्जाको साँवा तथा व्याज असूली, विजुलीको विल भुक्तानी, व्यापारी भुक्तानी, मोवाईल फोनको रिचार्ज सेवा तथा अन्य बैंकले तोकेका सेवाहरु उपलब्ध गराउनेछ ।
बैंकले स्थापनाकाल देखि नै ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहँुच पु¥याउने उद्धेश्यले सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ्ग सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपुर्ण औजारको रुपमा रही आएको छ ।
हालसम्म नेपाल इन्भेष्टमेण्ट मेगा बैंकल २९६ वटा शाखा, १०६ वटा शाखारहित बैंकिङ्ग सेवा, ६१ वटा एक्सटेन्सन काउण्टर र २८१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
उक्त कार्यक्रममा जनबिकास दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष कुश्माखर शर्मा, बैंकका चौतारा शाखाका प्रमुख शिव सिँह बस्न्यात, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स चौतारा शाखाका प्रमुख लक्ष्मण बिष्ट लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।