सम्पर्क

मेलम्चीले ल्यायो १ अर्व ४४ करोड ९५ लाख बढिको बजेट

मेलम्ची नगरपालिकाले आर्थिक वर्ष ८०÷८१ का लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६ सय रुपैयाँको बजेट विनियोजन गरेको छ ।
शनिवार नगरपालिकाको नगरसभाको १४औें अधिवेशन सम्पन्न गर्दै सर्वसम्मत बजेट पारित गरेको हो ।
वडाको बाह्रै महिना यातायात योग्य सडक संजाल जोड्न ७ करोड, एक वडा एक बहुआयामिक सामुदायिक भवन निर्माणका लागि ः१ करोड ५० लाख विनियोजन गरिएको छ । कृषि उत्पादनमा बृद्धि गर्ने नीति बमोजिम २५÷७५ साझेदारि सिंचाइ कुलो १ करोड ५० लाख र एक घर एक धारोको लागि १ करोड मेलम्ची नगरपालिकाको चौधौ नगरसभाबाट पारित भएको छ । कृषि आधुनिकिकरण व्यबसायिक पकेट क्षेत्र विस्तार गर्ने नीति अनुरुप १ करोड ४० लाख पशु सेवा अन्तर्गत पशु विमा, सुत्केरी पशुका लागि पौष्टिक आहारा लगायतका कार्यक्रमका लागि १ करोड १७ लाख, स्वास्थ तथा आयुर्वेदका लागि ३ करोड १९ लाख ७३ हजार युवा शिक्षा, खेलकुद अन्तर्गत बालबिकास कर्मचारीको सुविधा वृद्धि ,मेयर कप प्रतियोगिता, शैक्षिक गुणस्तर सुधार, विद्यालय बाहिर रहेका बालबालिका विशेष कार्यक्रम लगायत ८ करोड ५१ लाख ८५ हजार वजेट निर्धारण मेलम्ची नगरपालिकाले गरेको छ ।
सभाको उद्घाटन गर्नुहुँदै स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यस क्षेत्रमा २५ सैयाको अस्पताल बन्ने प्रक्रिया अगि बढेको बताउनु भयो । उहाँले गरिब तथा असाहयको उपचारमा सरकार सधै लागिपर्ने बताउनुहुँदै सबै सरकार मातहतका स्वस्थ्य संस्थाले सर्वसुलभ सेवा दिन आफु प्रतिबद्ध रहेको बताउनु भयो ।
वि स २०७८ असारमा आएको विनाशकारी वाढिले पुर्णरूपमा क्षति भएका संरचनाको पुनः निर्माणमा आफु विषेश रूपमा लागिपरेको बताउनुभयो । त्यस्तै उहाले मेलम्चीस्थित बन्दै गरेको बेलिब्रिजको अवलोकन गर्दै निर्माणमा कुनै कारणले समस्या आए सहयोग गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु भयो ।