सिन्धुपाल्चोकको विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाएको मनाईएको छ । मेलम्ची नगरपालिकाले ज्यामिरेको दोवाटे सल्लाघारी फाँटमा राष्ट्रिय धान दिवस मनाएको छ ।
सोही अवसरमा सातकन्या माध्यामिक विद्यालयमा अन्तर सदनात्मक असारे गित प्रतियोगिता समेत गरिएको थियो । रोपाइँ कार्यक्रममा नगरपालिकाभित्रका जनप्रतिनिधी विभिन्न विद्यालयका विद्यार्थी तथा सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
धान रोपाइँ गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख आईतमान तामाङले कृषि क्षेत्रको विकासका लागि आफू प्रमुख भएदेखि काम गरिरहेको बताउनुभयो । सिँचाइ नपुगेका ठाउँमा सिञ्चित गर्ने, कृषि उपकरण अनुदानमा वितरण गर्ने, दूध, मल र बीउमा अनुदान दिनेलगायत काम भएको उहाँको भनाइ छ । तामाङले भन्नुभयो, “कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि नगपालिकाले कृषकलाई बीउ, उपकरणलगायत सामग्रीमा सहयोग गरिरहेको छ ।” कृषि क्षेत्रको विकासका लागि थप योजना गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष किरणदिप खड्का लगाएतको सहभागिता थियो ।
त्यसैगरी अखिल नेपाल किसान महासंघ सिन्धुपाल्चोकले पनि रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । मेलम्ची नगरपालिका ११ टारमा धान रोपाई गरेर दिवस मनाएको हो । नेकपा एमालेका स्थाई कमिटि सदस्य शेरबहादुर तामाङले धान रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । रोपाई पच्चात आयोजित कार्यक्रममा पूर्वमन्त्री एवम् एमाले नेता तामाङले हाम्रो उत्पादनले हामीलाई पुग्ने मात्र नभई विदेशमा समेत निर्यात गर्न सक्ने उत्पादन होस् भन्ने आफुहरुले चाहेको बताउनुभयो ।
कृषि उत्पादनलाई प्राथमिकता दिएर अगाडि बढ्न सक्ने नीति राज्यले बनाउनपर्नेमा तामाङले जोड दिनुभयो । जंगली जनावरले दुख दिने गरेको मल, बीउ बेलैमा नपाइने अवस्थाको अन्त्यका लागि ता
माङले राज्यको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा अखिल नेपाल महिलासघं, राष्ट्रिय युवा सघं, अनेरास्ववियु, लगायतको भात्रृ संगठनको समेत सहभागिता रहेको थियो ।
अखिल नेपाल किसान महासघं सिन्धुपाल्चोककी उपाध्यक्ष दुर्गा चालिसेले सुभकामना तथा धन्यवाद ब्यक्त गर्दैै कार्यक्रमको समापन गर्नुभएको थियो ।
धान दिवसकै अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले ‘ जलवायु अनुकुलित कृषीमैत्री प्रविधी , धान उत्पादनमा वृद्धी ’ भन्ने नाराका साथ कुविञ्डे दसमुरेमा रोपाई महोत्सव गरेको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको रोपाई महोत्सवमा नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी र स्थानियको बाक्लो सहभागिता रहेको थियो ।
त्यसैगरी ईन्द्रावती गाउँपालिकाको आयोजना एवं नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको अर्थिक सहयोगमा ईन्द्रावती–६ बाँडेगाउँ खड्पेश्वरमा राष्ट्रिय धान दिवस मनाएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा उक्त दिवस मनाईएको हो । उक्त दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले कृषिलाई आधुनिकीकरण र यान्त्रीकीकरणतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।
