सम्पर्क

स्वास्थ्य मन्त्री बस्नेतद्वारा मासुनागा आँखा अस्पतालको निरीक्षण

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बनेपा ६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गर्नु भएको छ । बिहिबार निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका बिषयमा जानकारी लिनु भएको थियो उहाँले समुदायमा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्न अस्पताल सञ्चालक समितिका सदस्यहरु र अस्पतालका स्वास्थ्यकर्मीलाई सल्लाह दिनु भएको थियो ।
मन्त्री बस्नेतले उपचारका लागि आउनु भएका विरामी र उहाँहरुका आफन्तसँग उपचार सेवाका बिषयमा कुराकानी समेत गर्नु भएको थियो । अस्पतालले स्वास्थ्य विमा कार्यक्रम मार्फत पनि उपचार प्रदान गरिरहेको अस्पताल सञ्चालक समितिका महासचिव हीरामणी शर्माले मन्त्री बस्नेतलाई जानकारी दिनु भएको थियो ।