सम्पर्क

बालमैत्री घोषणाको पुर्व तयारीको लागी १ दिने अन्तरक्रिया

सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणाको पुर्व तयारीको लागी एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।
वालमैत्री वडा घोषणाको लागि वालमैत्री स्थानीय शासनको लागी न्युनतम सुचकहरुलाई पुरा गर्नका लागी स्वास्थ्य कर्मी ,शिक्षक , विद्यालय व्यवस्थापन समिति र वालसञ्जालले खेल्न सक्ने भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सोमबार नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।
बालमैत्री स्थानीय तह घोषणाको लागी स्वास्थ्य संस्था र शैक्षिक संस्थाको भुमिका महत्वपुर्ण हुने हुदा यस सँग सम्बन्धीत सबै जिम्मेवार भएर लाग्नु पर्ने उपप्रमुख सिता थापाले बताउँनु भयो ।
अधिकार र कर्तव्यको पालनलाई बालबालिकाको उच्चतम हितलाई ध्यानमा राखेर कतिबिधि सञ्चालन गर्नुपर्ने सहभागीहरुको जोड थियो । चौतारा सागाँचोकगढी नगरपालिकाले गत वर्ष नै वडा नम्बर १३ लाई बालमैत्री स्थानीय वडा घोषणा गरिसकेको छ ।