सम्पर्क

ब्रेकिङ न्युज १

फेरि रोकियो रेडक्रसको केन्द्रिय महाधिवेसन

ब्रेकिङ न्युज १, समाचार
नेपाल रेडक्रस सोसाइटी केन्द्रको महाधिबेशन फेरी रोकीएको छ। बिगत लामो समयदेखी रोकीएको केन्द्रीय कार्य समितीको निर्वाचन सहीतको महाधिबेशन पुन रोकीएको हो । उच्च अदालत पाटनले रेडक्रसका उप महामन्त्री दिपेन्द्र ढकालको निबेदन उपर आदेस जारी गर्देै अबिधेशन रोक्न भने पछी अबिधेशन रोकीएको छ ।  

हर्रेमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– १० हर्रेमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार मृत्यु हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका १३ को २२ वर्षीय सुनिल चौलागाई रहेका छन् । चौतारा बन्देउ सडक खण्डमा चौताराबाट बन्देउ तर्फ आउदै गरेको बा.८३ प. ६४३८ नं. र बिपरित दिशाबाट जादै गरेको बा.प्र. ०६(०२ प ५०९८ नं. को मोटरसाईकल एकापसमा ठक्कर खाएको थियो । दुर्घटनामा गम्भिर घाइते बा. ८३ प. ६४३८ नं. को मोटरसाइकल चालक चौलागाईको उपचारका लागि चौतारा अस्पतालमा ल्याई चिकित्सकले हेर्दा मृत घोषण गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्को बा.प्र. ०६(०२ प ५०९८ नं. को मोटरसाईकले चालक चौतारा साँगाचोकगढी नगरपालिका– ५ का ४५ बर्षीय दिपेन्द्र घलेको अबस्था सामान्य रहेको जिल्ला प्रहरी नायव निरिक्षक मनोज कुमार यादबले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते...

बर्तमान अबस्थामा गठबन्धन अती आबश्यकः पाण्डे

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सगुन बस्नेत, नेपालको बर्तमान अबस्था हेर्दा यो गठबन्धन अती आबश्यक रहेको र यही गठबन्धनले पुरै समय सरकार सञ्चालन गर्ने नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री बद्री पाण्डेले बताउँनु भएको छ । नेपाली काँग्रेसले सत्ताका लागी भन्दा पनी जनताका लागी काम गरिरहेको र आगामी दिनमा अझ जन पक्षीय काम गरेर जनताको मन जित्ने तर्फ पाटी लाग्ने बताउँदै बर्तमान गठबन्धनमा सरकारमा जाने मन्त्री फेरिन सक्छ गठबन्ध नफेरीने स्पष्ट पार्नु भएको छ। उँहाले प्रेस युनियन सिन्धुपाल्चोकको छैठौ साधरण सभाको मेलम्चीमा उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले हरेक परिबर्तनमा सञ्चारकर्मीको महत्वपुर्ण भुमिका हुने गरेकोले त्यस्तो महत्वपुर्ण पेशामा रहेका सञ्चार कर्मीको हक हित र संरक्षणका लागी प्रेस युनियनको भुमिका ठुलो रहने बताउँनु भयो ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य उर्मीला थपलीयाले देस बिकासका लागी सरकार र नागरिकको बिचमा...

सुनकोशीको माझीबस्तीमा बाल विवाह विरुद्ध कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
 सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं. ३ उखुबारीको माझिबस्तीमा बाल विवाह विरुद्ध सचेतना तथा सशक्तीकरण कार्यक्रम गरिएको छ । सुनकोशी गाउँपालिकाको आर्थीक सहयोग र नेत्रज्योती मिडिया हाउस प्रा.लिको आयोजना शनिबार सुनकोशी –३ माझिबस्तीमा कार्यक्रम सम्पन्न भएको हो । ३ नम्बर वडा अध्यक्ष ईश्वर तामाङले कार्यक्रमको उद्धघाटन गर्र्दै वाल विवाह गर्नु अपराध सरह भएको बताउँर्दै कानुनले बन्देज गरेका कुनै पनी काम कसैले पनी गर्न नहुने बताउँनुभयो । उहाँले आफ्नो वडामा यस्ता महत्वपुर्ण कार्यक्रम गरेर यँहाका नागरिकलाई शिक्षा दिएकोमा आयोजकलाई धन्यबाद दिदै आगामी दिनमा पनी यस्ता सचेतना कार्यक्रमको आयोजना गरिरहन अनुरोध गर्नुभयो । वडा अध्यक्ष तामाङले मोवाईलका फेसबुकमा लभ परेर बिहे गरेका महिलाले पछी आत्महत्या गरेको तितो अनुभव सुनाउँदै उमेर नपुगी गरिएको विवाहका कारण यस्तो समस्या आई ज्यानै गुमाउँन परेको हुँदा...

मेलम्ची बेलीबृजको उदघाटन

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावति नदीमाथि निर्माण गरिएको मेलम्ची बेलिबृजको उदघाटन गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त उद्घाटन गर्नुभएको छ । उदघाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानियबासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीबृज छोटो समयमै निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो । मेलम्ची बेलीबृज निर्माणमा समेत राजनीतिक दलहरुले किचलो गरेर निर्माण कार्य पर धकेल्ने अवस्था सिर्जना गरेको बेला आफूले नेपाली सेनाका प्रधान सेनापति लगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि नेपाली सेनाले जनचाहना अनुसार समयमै बेलीबृज बनाइदिएर ठूलो गुन लगाएको मन्त्री बस्नेतले बताउनुभयो । प्राकृत...

कुरिलो खेतीप्रति आकर्षण बढ्दो

कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
गल्याङ, २१ असार (रासस) : पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ । भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गर्नुभएको थियो । उहाँको खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आउनुभएको छ । रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताउनुभयो । “सिजन ...

प्रधान मन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार अभियान रोक्ने मनसाय

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधान मन्त्रीको प्रेस सल्लाहकार गोबीन्द आचार्यले एक बक्तब्य प्रकाशन गर्दै यस्तो जनाउँनु भएको छ । उँहा द्धारा जारी बिज्ञेप्तीमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ ।जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको थियो । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट ...

सुशासन, पारदर्शिता विषयमा आवाज उठाउन आइतमानको आग्रह

#, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
    मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङ ले नगरबाट भएका कमी कमजोरीहरुलाई स्पष्ट रुपमा उठाउन आग्रह गर्नुभएको छ । मेलम्ची नगरपालिकाको सभाहलमा आयोजना गरिएको सार्वजैनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासाका बारेमा स्पष्ट पार्दै नगर प्रमुख तामाङले यस्तो बताउँनु भएको हो।    उँहाले आफूबाट कुनै पनी कमी कम्जोरी हुन नदीने भन्दै नगरपालिकाबाट गरिएका हरेक कार्यक्रमहरुका बारेमा निगरानी राख्न र काम गर्ददा राम्रा भएका कामहरका बारेमा र काम गर्दा भएका कमी कम्जोरीका बारेमा जानकारी गराउँनु नगरबासी सबेको दाइत्व भएको बताउँनु भयो ।     उँहाले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नगरले सम्पादन गरेको कामका विषयमा आवाज उठाउनुपर्ने बताउनु हँुदैे विगतको तुलनामा पूर्वाधार लगायतका विकास निर्माणको काम बढि भएको बताउनु भयो । बजेट विनियोजन गर्नु अघि राजनीतिक दल र सरोकारवालासँग सुझाब लिएको स्मरण गराउ...

मेलम्ची नगरले गर्यो सार्वजनिक सुनुवाई

ब्रेकिङ न्युज १, समाचार
आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि हालसम्म मेलम्ची नगरपालिका तथा मातहतका कार्यालयहरुबाट भएगरेका कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मेलम्चीमा बुधबार सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाको आयोजना तथा रेडियो मेसिनको सहजीकरणमा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नगरले समृद्ध मेलम्ची निर्माणका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नगरले गरेका कमी कमजोरीहरुलाई स्पष्ट रुपमा उठाउन आग्रह समेत गर्नुका साथै सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नगरले सम्पादन गरेको कामका विषयमा आवाज उठाउनुपर्ने बताउनु भएको हो । उहाँले विगतको तुलनामा पूर्वाधार लगायतका विकास निर्माणको काम बढि भएको बताउनु भयो । बजेट विनियोजन गर्नु अघि राजनीतिक दल र सरोकारवालासँग सुझाब लिएको स्मरण गराउँदै तामाङले नगरले गर्...

स्वास्थ्यमा थपियो २९५ स्थायी दरबन्दी

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौं, स्वास्थ्य सेवाको स्थायी दरबन्दीअन्तर्गत २९५ जना नर्सिङ जनशक्ति थपिएको छ । लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ । लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्स मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ । बाकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघिय अस्पतालमा खटाएको छ । नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शैयाको आईसियू सञ्चालन गर्न सकेको छैन् । यति ठूलो नर्सहरुलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो । नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानविय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको...