सम्पर्क

सुशासन, पारदर्शिता विषयमा आवाज उठाउन आइतमानको आग्रह

 

 

मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङ ले नगरबाट भएका कमी कमजोरीहरुलाई स्पष्ट रुपमा उठाउन आग्रह गर्नुभएको छ । मेलम्ची नगरपालिकाको सभाहलमा आयोजना गरिएको सार्वजैनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासाका बारेमा स्पष्ट पार्दै नगर प्रमुख तामाङले यस्तो बताउँनु भएको हो।    उँहाले आफूबाट कुनै पनी कमी कम्जोरी हुन नदीने भन्दै नगरपालिकाबाट गरिएका हरेक कार्यक्रमहरुका बारेमा निगरानी राख्न र काम गर्ददा राम्रा भएका कामहरका बारेमा र काम गर्दा भएका कमी कम्जोरीका बारेमा जानकारी गराउँनु नगरबासी सबेको दाइत्व भएको बताउँनु भयो ।     उँहाले
सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नगरले सम्पादन गरेको कामका विषयमा आवाज उठाउनुपर्ने बताउनु हँुदैे विगतको तुलनामा पूर्वाधार लगायतका विकास निर्माणको काम बढि भएको बताउनु भयो । बजेट विनियोजन गर्नु अघि राजनीतिक दल र सरोकारवालासँग सुझाब लिएको स्मरण गराउँदै नगर प्रमुख तामाङले नगरपालिकाले गर्ने हरेक बिकासका कायैक्रमहरु नगरका सबैले अपनत्व महशुष गर्न सक्ने गरी गरिरहेको बताउँनु भयो । सो अबशरमा उँहाले हामीले गरेको कामममा धेरै प्रश्न उठेको छैन, जिज्ञासा कम आएपछि समृद्ध मेलम्ची निर्माणका लागि कुनै कसर बाँकी नराख्ने प्रति वद्धता समेत व्यक्त गर्नु भएको छ ।
त्यसै गरी कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान ले योजनाहरुको अनुगमन र मूल्यांकन पछि मात्र भुक्तानी दिने गरेको बताउनु भयो । उहाँले कामको गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको स्पष्ट पार्नु भएका थियो । कामको अनुगमनमा कुनै पनी कमी कम्जोरी नदेखीए पछी भुक्तनी गरिएको छ । कुनै कमी कमजोरी देखीएमा त्यस्ता योजनाहरुको भुक्तानी नदिइने समेत उँहाले स्पष्ट पार्नु भयो । नगरपालिकाक प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले कृषि क्षेत्रको विकासका लागि आबश्यक कार्यक्रम अघि बढाइने बताउनु भएका थिए । उहाँले आएका सुझावलाई कार्यान्वयनमा लाने प्रतिवद्धता जनाउनु भएका थियो भने कार्यक्रममा विषयगत शाखा प्रमुखहरुले आफु मातहतमा आएका जिज्ञासाहरुको जवाफ दिनु भएको थियो ।